arrow

बाँकेमा लोकतान्त्रिक गठबन्धन विजय हुने कांग्रेसको निष्कर्ष

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
Bad_shaha.jpg

नेपालगञ्ज(बाँके) । ढिलो प्रचार अभियान थालेको र छिटो प्रचार गति पक्डेको बाँकेको लोकतान्त्रिक गठबन्धन यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विजयी हुनेमा विश्वस्त देखिएको छ ।
 
नेपाली जनताले गरेको ७० बर्षको संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने संघियता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति सहितको संविधान दिने स्व. सुशील कोइरालाको गृह जिल्ला रहेको बाँकेमा लोकतान्त्रिक गठबन्धनका सबै उम्मेद्वार विजयी बन्ने दावी गठबन्धनका नेताहरुले गरेका छन् ।
 
विजयलाई सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धनले अन्तिम दिनको अन्तिम घडीको पनि सदुपयोग गर्ने गरी प्रसारप्रसार कार्यक्रम सञ्चालन गरेको छ । गठबन्धनले सोमबार पनि जिल्लाका तीनवटै क्षेत्रमा आमसभा, घरदैलो र भेटघाटलाई निरन्तरता दिएको छ ।
 
सोमबार मध्यरात १२ बजेबाट मौन अवधी सुरु हुने भएकाले उम्मेदवारले अन्तिम कसरत स्वरुप मतदाता भेटघाट र सभासँगै सञ्चार माध्यम, सामाजिक सञ्जाल समेतमा पनि प्रचारलाई तीब्र पारेका छन् ।
 
यस्तै क्षेत्र नम्बर १ को कुसुममा अपरान्ह १ बजे आमसभा आरम्भ गरेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार माधबराम खत्री, प्रदेश सभा–१ (क) का उम्मेदवार शरदचन्द्र बर्मा र प्रदेश सभा–१ (ख) का उम्मेदवार नारायणप्रसाद गौडेलले सम्वोधन गर्नुभएको छ । यता बिहान ११ बजेदेखि कोहलपुर मुख्य बजार क्षेत्रमा प्रचार प्रसार गरिएको छ ।
 
यस्तै बाँके क्षेत्र न २ मा पनि बिहानैदेखि घरदैलो सुरु गरिएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश उम्मेदवार निरन्जनसिंह सिजापति र सुरेन्द्र हमाल सहितका नेता, कार्यकर्ताले वडा नम्बर १ मा घरदैलो गर्नुभएको छ । दिउँसो १ बजे भृकुटीनगर प्रभात माध्यामिक बिद्यालयबाट घरदैलो गरेर साँझपख कारकाँदो चोकमा घरदैलो गरिने प्रदेश सभा प्रचारप्रसार संयोजक सुनिलसिंह हमालले जानकारी दिएका छन् ।
 
लोकतान्त्रिक गठवन्धनका उम्मेदवारप्रति मतदाताको सद्भाव र विश्वास बढ्दै गएको क्षेत्र नं २ प्रदेश सभा(ख)का उम्मेदवार हमालले बताएका छन् ।
 
लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र नम्वर ३को बैजनाथ ६ सम्झना चोकमा प्रदेश स्तरीय बृहत आमसभा गरिरहेको छ । सम्पुर्ण नेता, कार्यकर्ता शुभेच्छुक, लोकतन्त्रवादी समुदायको उपस्थितिमा कार्यक्रम सुरु भएको सचिवालयका प्रकाशबहादुर शाहीले जानकारी दिइका छन् ।
 
लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभा सदस्यमा बादसाह कुर्मी, प्रदेश सभामा लक्ष्मीनारायण शाह र चन्तराम थारुलाई यस क्षेत्रबाट चुनावी मैदानमा उतारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ