arrow

जनताको व्यापक समर्थनले हौसला बढाएको छ : रुँगटा

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
Anil_Rungata.jpg

वीरगञ्ज। पर्साका हरेक गाउँपालिका तथा नगरपालिकाका वडा वडाहरुबाट नेपाली काँग्रेसले पाईरहेको समर्थनलेआफ्नो हौसला बढाएको नेपाली काँग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाले बताएका छन् ।
पर्सा क्षेत्र नम्बर २ अन्र्ततको लालपर्सा, बेलवा, परसोतिपुर, भेडिहारी, लगायतका ठाउँहरुमा सोमबार सम्पन्न घरदैलोकोक्रममा नेता रुँगटाले यस्तो बताएका हुन् ।

 कार्यक्रममा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अनिल रुँगटा, काँग्रेस पर्साका सभापति अजय द्धिवेदी, प्रकाश उपाध्याय, बिरेन्द्र पटेल, ईम्तियाज आलम, दिलिप कार्की, राजकृष्ण अमात्य, काँग्रेसका वीरगञ्ज नगर सभापति भोला साह कलवार, नेवि सँघका नेता तथा कार्यकर्ताहरु लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।साथै आजै साँझ विरगञ्जको मुर्ली चौकमा नेपाली काँग्रेसको  रात्रीसभा समेत हुने भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ