अबको प्रधानमन्त्री डा. आरजु राणा देउवाः संचारमन्त्री बस्नेत
प्रकाशित २०७४ मंसिर १८ सोमबार
320
Shares
कैलाली । सुचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले अबको प्रधानमन्त्री डा. आरजु राणा देउवा हुने गरेका छन् । सोमबार धनगढीमा संचारकर्मी संग कुराकानी गर्दे मन्त्री बस्नेतले राष्ट्रपती, प्रधान्याधीस, सभामुख सबै महिला भैसकेका छन् अब प्रधानमन्त्री बन्न मात्रै महिला भएकोले काँग्रेसबाट प्रधानमन्त्री बन्न योग्य उमेद्बार डा. आरजु देउवा नै हुने भएकोले उनी भावी प्रधानमन्त्रीको दौडमा भएको बताए । काँग्रेसले बहुमत ल्याए उनी नै प्रधानमन्त्री बन्ने भएको बताए ।
मन्त्री बस्नेतले नेपालमा डा. आरजु राणा देउवा जस्तो कुशल क्षमतावान देशलाई हाक्न सक्ने महिला भएकोले उनीलाई नै काँग्रेसबाट प्रधामन्त्रीका लागि अगाडि सरिने दाबी गरे । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले प्रतिनिधि तथा प्रदेश सभाको संबिधान संरक्षण र कार्यान्वयनका लागि सबै मतदाताले निर्धक्क भएर मतदान गर्न सबै जनतालाई मतदान गर्न सबै जनतालाई आह्वान गरेका छन् ।
फरक प्रसंगमा सञ्चारमन्त्रालयले प्रदेश नम्बर ७को प्रदेश स्तरीय टेली सेन्टर धनगढीमा स्थापना गर्ने समेत निर्णय गरेको जानकारी गराएका छन् । देशको मुलधारमा पछाडी परेको यो प्रदेशलाई सुचना तथा सञ्चार क्षेत्रबाट अगाडी बढाउने उद्देश्यले धनगढीमा टेलिसेन्टर स्थापना गरेको बताए । नेपाल पहिलो चरणका लागि सिन्धुपाल्चोक र कैलालीमा टेलिसेन्टर स्थापना गरेको बताए ।