arrow

सम्भावनालाई उजागर गर्न र समृद्धिको लागि मेरो उम्मेदवारी – काँग्रेस नेता घिमिरे (अन्तर्वार्ता)

logo
सीता डोटेल 
प्रकाशित २०७४ मंसिर १८ सोमबार
vijay-raj-ghimire-palpa.jpg

पाल्पा । पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका युवा नेता एवं २०४६ सालका जनआन्दोलनका नेतृत्वकर्ता विजयराज घिमिरे प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारको क्रममा उनले क्षेत्र नं. १ का सडक, विद्युत र पानीलाई प्राथामिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता सहित यहाँको सम्भावनालाई उजागर गर्न समृद्धि तर्फ लैजान उम्मेदवारी दिएको बताएका छन् । यस्तो छ उनीसंगको अन्तर्वार्ता 

स्थानिय तहमा जस्तो खासै चुनावि रौनक त देखिदैन । उम्मेदवारको हिसाबले कस्तो पाउनु भाको छ ?

स्थानिय तहको निर्वाचनमा पार्टीको राष्ट्रिय एजेण्डा भन्दा पनि स्थानिय एजेण्डाहरु थिए । अहिले कुनै पार्टीको पनि उर्लेर यस्तो महोल आयो भन्ने देखिएको छैन । शान्त देखिएको छ स्थिति, तर भित्र भित्र जनताहरु तातेका छन् । एक किसिमको मन बनाएका छन् । त्यो मन सतहमा उल्र्लेर आउन मात्र बाँकी छ ।

यस पटक प्रतिनिधि सभामा पाल्पा क्षेत्र नं. १ मा लोकतान्त्रीक गठबन्धन बाट उम्मेदवारी दिनु भएको छ ।  तपाईको उम्मेदवारी किन ?

राष्ट्रिय सन्दर्भमा कुरा गर्दा नेपाली कांग्रेसको मुल मुद्दा संविधान निर्माण संगै देशलाई शान्तिको बाटोमा टेकेर देशलाई समृद्धिको बाटोमा दो-याउनु छ । स्थानिय परिवेशमा हेर्दा भौतिक संरचना र सामाजिक पुर्न संरचनाको निर्माण गर्नु छ । हाम्रो क्षेत्र समग्र पाल्पा मध्ये धेरै पछाडि परेको छ । विकासले तातेताते गति लिएको छ । तर जति हुनु पर्ने हो त्यति हुन सकेको छैन । याहाँको सम्भावनालाई उजागर गर्न र समृद्धिको लागि उम्मेदवारी दिएको हुँ ।

तपाईका चुनावि एजेण्डाहरु के के छन ?

मैले यस क्षेत्रको विकासको मेरुदण्डको रुपमा कालीगण्डकी करिडोर र कालीगण्डकी नदीलाई लिएको छु । कालीगण्डकी करिडोर चाँदै निर्माण सम्पन्न गर्न पहल गर्ने छु । यसको निर्माण सम्पन्न गर्न सकेमा याहाँको औधोगिक र व्यापारिक क्षेत्रले मात्रै नभै धार्मिक क्षेत्रको पनि विकास हुनेछ । अझ पनि हामी विकासमा १०÷१५ वर्ष पछाडि परेको छौं । पूर्वाधार तर्फ विजुली, सडक र पानीको सुविधाको लागि प्रयन्तशिल हुनेछु । साथै नीति तथा व्यवस्थाको लागि पनि पहल गर्ने छु । याहाँका युवाहरुलाई रोजगारी प्रदान गर्न उद्योग संञ्चालनमा आउनु आवश्यक छ । कालीगण्की करिडोर निर्माण तथा तराई र पोखरा जोड्ले बाटो पनि यहि बाट विस्तार हुने भएकाले औद्योगीक क्षेत्रको पनि राम्रो सम्भावना छ । विद्युत र सडक पूर्वाधार पछि उद्योगीहरु भित्राउने बाताबरण सिर्जना गर्ने छु । रामपुर तथा गण्डकी बेशी क्षेत्र कृषिको हिसाबले उर्वर भुमिरहे पनि सिंचाई प-र्याप्त नरहेकाले त्यसको लागि सिंचाईको प्रबन्ध मिलाई वैज्ञानिक कृषि प्रणालीको विकास गर्दै शहरी करणलाई व्यवस्थित गर्ने छु । 

चुनावका बेलामा नेताहरुले विभिन्न आश्वासन बाँड्ने गर्छन तर पछि गाउँका समस्या जिउँतिउँ रहन्छ त ?

मानिसका आवश्यकता अनन्त हुन्छन् । विगतको नेतृत्वले के ग-यो गरेन घाम जस्तै छर्लङ्ग छ । म मतदाताहरुलाई के आग्रह गर्दछु भने उहाँहरुले पटक पटक गल्ती गर्नु भयो त्यसको सजाय हामीलाई दिन त भए न नि । हामीले अवसर पाएका छैनौ । हामीले गल्ती दोहो-याउने छैनौ । हाम्रा योजनाहरु छन् ५ वर्ष पछि हामीले के कति ग-यौं त्यो देखाउने नै छौं ।

विजयराज घिमिरेका हिजोको दिनमा गरेका सामाजिक योगदानहरु ?

मैले अहिलेसम्म जनताको प्रतिनिधि भएर जाने अवसर पाको छैन र पनि स्थानिय तहलाई केन्द्रसम्म जोड्न लागि परेको छु । जनताको लागि राजनैतिक रुपमा निरन्तर समर्पित भएर लागि परेको छु । विकास निर्माणमा सबै मिलेर जानु पर्छ भन्ने मेरो धारणा छ । यस पटक जनताले विजयी बनाउनु भयो भने म ५ वर्ष सम्म चौविसै घण्टा जनताको साथमा रहने छु ।

२०४६ सालमा रामपुर बाट जनआन्दोलनको नेतृत्व गर्दै गर्दा दाजु गुमाउनु भयो । आफ्नो ज्यान कै बाजी लगाउनु भयो । पहिले र अहिलेमा के फरक पाउनुभएको छ ?

बहुदल ल्याउनका लागि ०४६ सालमा रामपुरमा भएको आन्दोलन गाउँहरुमा भएको आन्दोलन मध्ये पहिलो होला जस्ले पञ्चायतको विरुद्धमा विकुल फुक्यो । हामीले नेतृत्व गर्न सौभाग्य पायौं । सबैको योगदानले बहुदल आयो । त्यहि आन्दोलनले धेरै परिवर्तन ल्यायो । सबैले यसरी बोलेर हिड्ने अवस्था थिएन । आन्दोलनको क्रममा दाजु सुर्य घिमिरेलाई गुमाए । भुमिगत भएर हिडे । तर जनताको अपेक्षा पुरा हुन सकेन । वर्तमान बाट नै भविष्यको लागि कल्पना गर्न सकिन्छ भनेर लागेको थियौं ।

तपाईसंग वामगठबन्धनबाट पूर्व भूमीसुधार तथा व्यवस्था मन्त्री दलबहादुर राना प्रतिष्पर्धामा हुनुहुन्छ । चुनाव जित्न कठिनाई देखिन्छ त ?

उहाँ संग स्वच्छ प्रतिस्पर्धा हुने छ । लोकतन्त्र आईसके पनि उहाँले ३ पटक सम्म अवसर लिनु भयो । उहाँले केहि गरेन म भन्दिन गर्नु भयो तर जनतालाई बुझाउन सक्नु भएन । उहाँले पटक पटक जनता बाट निर्वाचित हुँदै गर्दा त विकासले फड्को मार्नु पर्ने हो नि ? तपाई १ घण्टामा रामपुर बाट विरकोट जान भनेर हिड्नु भयो । पटक पटक हिड्दा त विरकोट पुगि सक्नु पर्ने थियो नि ?

अहिले एमाले र माओवादी केन्द्रको गठबन्धन छ । गठबन्धन नहुँदा पनि अघिल्लो निर्वाचनको मत परिणाम हेर्दा कांग्रेसले धेरै संघर्ष गर्नु पर्ने देखिन्छ । यसै पनि कांग्रेसलाई गाह्रो छ नि ?

यहाँलाई म प्रतिप्रश्न गर्न चाहन्छु । त्यसो हो भने त स्थानिय निर्वाचनमा जो अगाडी छ त्यसैलाई प्रतिनिधि सभा सदस्य भनेर घोषणा गरे भै हाल्थ्यो नि । फेरी यो निर्वाचनको किन आवश्यकता पथ्र्यो र ? किन भने स्थानिय चुनावको सन्दर्भमा जनताले मतदान गर्ने एजेण्डा फरक हुन्छन् । समग्रमा हेर्ने हो भने केहि पार्टी कार्यकर्ता बाहेक आम जनता कुनै पार्टीको हुँदैन । आम जनता न त कांग्रेसको हुन्छ न त एमालेको हुन्छ ।

चुनाव जित्नु हुन्छ या जित्नु हुन्न ?

हामी चुनाव जित्छौं । लामो समय देखि जनताले यस क्षेत्रमा पटक पटक अन्य दललाई जिताउँदै आए । जनतामा वितृस्णा देखिएको छ । जनता परिवर्तन चाहान्छन् । त्यसैले मलाई मतदान गर्ने छन् । जितेर गैसके पछि म कुनै पार्टीको मात्र हुने छैन सबैको साझा हुने छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ