arrow

चितवनमा लोकतान्त्रिक गठबन्धनको प्रचार उत्कर्षतिर  

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
congress-ghardailo-prachar.jpg

चितवन । नेपाली काग्रेस र लोकतान्त्रिक गठबन्धन चितवनका उम्मेद्वारहरुले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन् ।
 
लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभामा चितवन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटी, २ बाट नेपाली कांग्रेस कै नेता तथा शिक्षाराज्य मन्त्री शेषनाथ अधिकारी तथा क्षेत्र नं ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् बन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उम्मेद्वार बनाएर मैदानमा उतारेको छ ।
 
रत्ननगरको भोट सम्हाल्दै बुर्लाकोटी
चितवन क्षेत्र नं.१ मा लोकतान्त्रिक गठबन्धनबाट उठ्नुभएका नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी र प्रदेश सभा (क)का उम्मेद्वार कृष्णबहादुर गुरुङ्ग र (ख)का उम्मेदवार उत्तम आचार्यले आफ्नो चुनावी अभियानलाई अधिक मतदाता रहेको रत्ननगर नगरापलिका क्षेत्रमा केन्द्रित गरेका छन् ।
 
उनिहरुले क्षेत्रको विकास निर्माणको खाका सहित लोकतन्त्रको रक्षा,संविधानको कार्यान्वयन, शान्ति र समृद्धिलाई मुख्य एजेण्डा बनाएर मत मागेका छन् ।
 
लोकतन्त्रको रक्षा र विकासको लागि अधिकारीको आग्रह
यता क्षेत्र नं २ बाट लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका नेता तथा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले चितवन जस्तो विवेकशील र शिक्षित व्यक्तिहरुले ७ दशकको कठिन संघर्षबाट प्राप्त लोकतन्त्रलाई रक्षा गर्ने र विकास गर्ने राजनीतिक दललाई र तिनका प्रतिनिधि उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गरेका छन् ।
 
उनले नेपाली कांग्रेसले लिएको खुल्ला बजार अर्थनीति पछिको नेपाल अहिलेसम्म भएका बिकास निमार्ण र बामपन्थी दलहरुले आन्दोलन र सशस्त्र द्धन्द्धका नाममा गरेको विनासलाई तुलना गरी स्वविवेकले मतदान गर्न आग्रह गरेका छन् ।
 
नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारी,प्रदेश सभा (क)का उम्मेदवार एवम् पार्टी सभापति जितनारायण श्रेष्ठ र प्रदेश सभा (ख) का उम्मेदवार प्रकाश अधिकारी एवं नेपाली काग्रेसका नेताहरुले शनिवार निर्वाचन परिचालनको समीक्षा सहित निर्वाचनमा उम्मेदवारहरुलाई विजयी बनाउने रणनीतिका बारेमा छलफल गरेका छन् ।
 
उनिहरुले घरदैलौ र चुनावी अभियानमा आम मतदातालाई नेपाली काग्रेस पार्टी र यसले सरकारमा बस्दा गरेका कामहरुको जानकारी गराउदै निर्वाचित भएपछि आगामी ५ बर्षमा काग्रेसले गर्ने कामहरुबारे जानकारी पनि दिएका छन् ।
 

अगुवा कार्यकर्ताहरु सँगको अन्तक्रियामा नेपाली काग्रेसका जिल्ला सचिब उत्तम जोशी, जिल्ला सदस्यहरु देबकी गौतम, डा ईश्वरी राज लौडारी, महासमिति सदस्य राजेश्वर खनाल, समानुपातिक उम्मेदवारहरु उमा रेग्मी, शान्ति परियार लगायतको उपस्थिती रहेको थियो ।
 
शनिवार नै काग्रेस चितवन क्षेत्र न २ ले भरतपुर १२ मा घरदैलो तथा अन्र्त्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
 
भरतपुर १२ का मुनाल चोक, राधाकृष्ण टोल, नवरत्न टोल जागृती टोल, मञ्जुश्री टोल, पोखरेली टोल, शुभलक्ष्मी टोल मा घरदैलो कार्यक्रम भएको हो। मतदाताहरुले नारायणगढ बजार बचाउनेदेखि धेरै जनपंक्षिय काम गर्ने नेपाली काँग्रेसलाई मत दिने बाचा गरेका थिए ।
 
यसैगरि नेपाली काग्रेस भरतपुर १० बुथ समितिले नेपाली काग्रेसका उम्मेदवारहरु मतदान गर्न आब्ह्वान गर्दै भरतपुरमा महिला र्‍याली सम्पन्न गरेको छ ।महिलाहरुको उल्लेख्य सख्या रहेको घरदेलो कार्यक्रममा नेपाली काग्रेसका जिल्ला नेताहरु पनि सहभागी भएका थिए ।

प्रचण्डलाई कीर्तिपुरको जस्तै हारको स्वाद चखाउने मन्त्री पाण्डेको दावी
लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएका राप्रपाका महामन्त्री तथा बन तथा भू संरक्षण मन्त्री बिक्रम पाण्डेले बामगठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कीर्तिपुरका जनताले २०७० सालको संविधानसभाको निर्वाचनमा हारको स्वाद चखाएको जस्तै स्वाद चितवनबाट चखाउने बताएका छन् ।
 
उनले बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुख दिने जस्ता काम गरेकाहरुलाई जनताले यसपटक सबक सिकाउने बताए।

उहाँले स्थानिय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अबिश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने चेतावनी दिनुभएको थियो । उहाँले अहिलेको बाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको बताउनु भयो ।“व्याक्तिगत फाईदाका लागि जे पनि गर्न हुन्छ” उहाँले प्रश्न गर्नुभयोे ।
 
उनले प्रचण्डले निर्वाचन जिते चितवनको बदनाम हुने बताए । उनले थपे “ मतपत्र च्यात्ने, निर्दोश जनता मार्नेलाई बिजयी गराउनु चितवनको बदनाम हुनु हो चितवनका शिक्षित र विवेकशील जनताले यस्तो निर्णय नगर्ने विश्वास उहाँले प्रकट गरे।”
 
उनले आफू यहि क्षेत्रको विकास निर्माण र जनताको सुखदुःखमा बिगत २२ वर्ष देखि साथ रहदैआएको बताउँदै उहाँले जनताको हरेक पिडा आफुलाई थाहा भएको बताए ।
 
उनले यस क्षेत्रको बिकास गर्दै पहिलो पर्यटकिय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताउनु भयो । जंगलि जनावर यस क्षेत्रको आर्थिक बिकासको मेरुदण्ड रहेको भन्दै उनले  यसलाई व्यवस्थापन गर्न नसक्दा मानब र बन्यजन्तु बिचको द्धन्द्ध वढेको बताए । आफुसँग बिकासका लागि राम्रा योजना रहेको भन्दै उनले बिदेसिएका युवाहरुलाई स्वदेशमानै फर्काउने खालका कार्यक्रमहरु आँफुले तयार पारेको बताए ।

रेवा, राप्ति, नारायणी नदिमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उनले बताए । तटबन्ध माथि सडक निर्माण गरी जनावारलाई बस्ति छिर्नबाट रोक्ने लगाएतका काम आँफुले गर्ने उनको भनाई थियो ।
 
विकासको लागि दिनेश र साजनको पुकार
नेपाली कांग्रेसका युवा नेता एबम् चितवन क्षेत्र न ३ (क ) का प्रदेश सभा सदस्य  उम्मेदवार  दिनेश कोइराला र (ख)का सदस्य साजन महतोले स्थानीय विकास निर्माणका लागि आफूलाई विजयी बनाउन मतदातासामु आग्रह गरे।
 
शनिवार रामपुरमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै कोइरालाले २१ गते साथ दिए ५ बर्ष आफुले हरेक सुख दुखमा साथ दिने बताएका हुन् । कोइरालाले सो चुनाबी सभालाई सम्बोधन गर्दै आफुलाई जिताएमा ५ बर्ष भित्रमा सडक पिच गरिसक्ने प्रतिबद्दता दोहोर्याउनु भएको हो । कोइरालाले आफुले कृषकका सुख दुखमा साथ दिएर उब्जाउ भएका कृषि उपजका बस्तुको उचित बजारीकरण गरि छाड्ने बताउनु भएको हो।
 
यता प्रदेश सभा –ख)का उम्मेदवार साजन महतोले घरदैलो अभियान अन्तरगत शनिवार भरतपुर महानगरपालिकाको वडा नं.१४ का विभिन्न टोलहरुमा कार्यक्रम सम्पन्न गरे। उम्मेद्वार महतोले विकासबादी नेतालाई जिताउन आह्वान गर्दै पैसाको पछि नलाग्न आग्रह गरे। पैसाको लोभमा भोट हाल्दा देश विकास हुन नसक्ने भन्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आह्वान गरे।
 
क्षेत्र नं.३ को विकास गर्न आफू चुनावी मैदानमा उत्रिएको भन्दै आफूलाई जिताए पाँच वर्षमा यसक्षेत्रमा विकासको लहर ल्याउने बताए । शनिवार वडा नम्बर १४ को घरदैलो तथा कोणसभा शिवनगर, सुन्दरबस्ती, पकौडी, बरौजीलगायतका स्थानहरुमा गरिएको थियो ।
 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्वार विक्रम पाण्डे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईलगायतले लोकतान्त्रिक गठबन्धनलाई जिताउन आह्वान गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ