कञ्चनपुर । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो गरेका छन् । हाम्रा कुरा डटकम अनलाईन मिडियाले आइतवार कंचनपुरमा गरेको अन्तरक्रिया कार्यक्रका सहभागीहरुले यस्तो कुरा बताएका हुन् । राज्यका प्रशासनिक निकायहरु बाट मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन्।
राजनैतिक दलहरुले आ आफ्नै तरीकाले निर्वाचन शिक्षा सञ्चालन गरे पनि त्यो विश्वसनीय नभएको सहभागीको धारणा छ । मतदान गर्ने सही तरिका, मतपत्र बदर हुन नदिन नमूना मतदान अभ्यास समेतगराइनु पर्ने सरोकारवालाले सुझाएका छन् । यस्तै सहभागीहरुले मतपत्रमा छाप लगाउदा समानुपातिक मतपत्रमा दुई ठाउँमा छाप लगाउँनु पर्ने भएकाले मतदाताहरु अन्योलमा पर्न सक्ने बताउदै यस बारे सचेत गराउनु जरुरी रहेको उनको भनाइ रहेको छ ।
कार्यक्रमा बोल्दै नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार रमेश लेखकले राज्यका तर्फ बाट मतदाता शिक्षा मतदाता सम्म नपुगेकाले दलहरुले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु पर्ने वाध्यता रहेको बताए । स्थानिय निकायको निवाचनमा थोरै मत बदर हुनुले पनि यहाका जनता स्वयंममा जानकार भएको उनको भनाइ छ । यस्तै भिमदत्त नगरपालीकाका उपप्रमुख शुसिला चन्दले मतदाता शिक्षा प्रभावकारी बनाउन स्थानीय निकाय गम्भीर रहेको भएपनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताए ।
कार्यक्रमा राष्ट्रिय जनमोर्चाका नेता महेश जोशीले मतदाता शिक्षा प्रभावकारी नहुदा धेरै मत बदर हुन सक्ने भएकाले निर्वाचन आयोग यस विषयमा चिन्तित हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सिवाकोटीले समाजिक सञ्जाल मतदाता शिक्षा प्रभावकारी बनाउने विश्वसनीय माध्ययम भएको बताउदै निर्वाचनमा मतदाताले कम भन्दा कम मत बदर गरुन् भनेर अनलाइन मिडियाले मतदाता शिक्षा सम्बन्धी मेची महाकाली जागरण अभियान सञ्चालन गरेको बताए ।
कार्यक्रममा हाम्रा कुरा डटकमका सम्पादक अजय बावु सिवाकोटीको सभापतित्व तथा रमेश लेखकको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय एवं पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । अनलाइन मिडियाले मतदाता शिक्षा सम्बन्धी मेची महाकाली जागरण अभियान अन्तर्गत जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।