arrow

साम्यवादमा स्वतन्त्रता हुँदैन –प्रम देउवा   

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ मंसिर १७ आइतबार
deuba-2017.jpeg

डडेल्धुरा । प्रधानमन्त्री शेर बहादुर देउवाले बाम गठबन्धनको सरकार भएमा जनताले आबधिक निर्वाचनमा सहभागि हुन नपाउने बताएका छन् । यहि मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभाका लागि चुनाव प्रचारप्रसारको क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका देउवाले एमाले माओबादीले बाम गठबन्धनका नाममा एकदलीय सर्वसत्ताबादी शासन गर्न खोजेको आरोप लगाएका छन् । 

नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार रहेका देउवाले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संबिधानमा सबै बर्ग क्षेत्रको अधिकार सुरक्षित  भईसकेको जिकिर गर्दै डडेल्धुरा लगायत सुदूरपश्चिमबासीलाई विकासको प्रत्याभूति गराउने जिम्मेवारी आफ्नो रहेको बताएका छन् । 

प्रधानमन्त्री देउवाको गृह जिल्लामा पहिलो पटक आएका सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले दश वर्षे सशस्त्र द्वन्दले देश र जनताले ठूलो क्षति ब्यहोरेको भन्दै द्वन्दकालीन संरचनाहरु तत्काल निर्माण गरिने विश्वास व्यक्त गर्दै सञ्चारको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा आगामी सरकारले बिशेष पहल गर्ने प्रतिबद्धता गरेका छन । 

प्रधानमन्त्री देउवाले आजै डडेल्धुराको प्रसिद्ध भगवती नवदुर्गा माताको दर्शन गरी अजयमेरु गाउँपालिकाको वडा नं. ५ र ६ अथव प्रदेश क्षत्र नं १ को देवलदिव्यपुर र पर्शुराम नगरपालिकाको लालढुंगा जोगबुढामा पार्टीले आयोजना गरेका आमसभामा सम्बोधनको क्रममा लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको पनि बताए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ