arrow

निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने : सञ्चारमन्त्री

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
mohan_basnet1.jpg

धनगढी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताएका छन् । 

छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा धनगढीमा  आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पुर्याएर मतदान गर्न सबैलाई आग्रह गरे । 

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उनले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गरे। 

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हकहितमा कलम चलाएवापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष एवं रेडियो नेपालका प्रतिनिधि जगत साउद र पत्रकार शेरबहादुर ऐरलाई सम्मान गरिएको थियो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ