arrow

मधेश र मधेशीलाई लुटने व्यक्तिसंग सावधान रहन कांग्रेस नेता रुगंटाको आग्रह

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
ghardailo1.jpg

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाले मधेश र मधेशी जनतालाई लुट्नेहरुसंग सावधान रहन मतदातालाई आग्रह गरेका छन् ।
 
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चोर्नीको रामवन र चोर्नी टोलमा भएको घरदैलो र कोणसभाका क्रममा उनले सो कुरा बताएका हुन् । 

घरदैलो कार्यक्रममा सर्वसाधारण मतदाताहरुको व्यापक सहभागीता रहेको थियो ।  घरदैलो कार्यक्रम कोणसभामा परिणत भएको थियो ।
 
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार अनिल रुगंटाले यो एरिया औधोगिक क्षेत्र नजिक भएको हुनाले धेरै भन्दा धेरै लगानी भित्रयाई उद्योग संचालनमा ल्याई युवाहरुलाई रोजगारी दिलाउने र विदेश पलायन रोक लगाउनेतर्फ काम गर्ने बताए ।
 
उम्मेदवार रुगंटाले मधेशको समस्या नेपाली कांग्रेसले मात्र बुझेको बताउँदै सविधान संसोधन पनि नेपाली कांग्रेसले नै गर्ने दावी गरे ।

मधेश आन्दोलनको बेला मधेशीलाई लुटने व्यक्ति आज तपाईहरु माझ ठूलो मधेशवादी नेता भएर आएकोले उनीहरुसंग सावधान रहन उनले आग्रह गरे ।
 
उनले अब निर्वाचनपछि अधिकारको कुरा नहुने र विकासको मात्र कुरा हुने बताउदै नेपाली कांग्रेसलाई अत्याधिक मतले विजय गराउन आग्रह गरे ।
 
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मी , तरुण दलका अध्यक्ष विरेन्द्र पटेल , रामनारायाण पटेल , अलिहसन, सिपाही मिया , नेवि संघका राकेश यादव, दिलीपराज कार्की र राहुल कर्ण लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ