arrow

सुर्खेत तात्यो खड्का र थानीलेः के के माहोल बन्यो काँग्रेसको ? 

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
22.jpg

सुर्खेत । नेपाली कांग्रेसका सुर्खेतका प्रतिनिधिसभाका उम्मेदवार तथा केन्द्रीय सदस्यद्धय पूर्णबहादुर खड्का र हृदयराम थानीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् । 

शनिवार केन्द्रीय सदस्य खड्का सिम्ता पुगे भने थानी विरेन्द्रनगर नगरपालिकोको मंगलागढीमा चुनावी सभामा सहभागी भए । 
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले विकास निर्माणका क्रममा काँग्रेसले चालेको कदमको मूल्याङ्कन अब विपक्षिले पनि गर्नुपर्ने बताए ।
 
शनिबार सुर्खेतको डाँडाखालीस्थित जुम्ली अम्राइमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले गुमी–पातीहाल्ना सडकको सर्भे गर्दा ‘बिरालकानेको लहराले नापेर सडक कहिल्यै बन्न सक्दैन’ भनेर हिँड्ने विपक्षीहरु अहिले त्यही सडक हुँदै चुनाव प्रचार गर्न सिम्ता पुगेको बताए । 
 
उनले काँग्रेसको पहलमा बनेको सो बाटोले सिम्ताको कायापलट गरेको बताउँदै फेरि पनि जनताले नेपाली काँग्रेसलार्इ जिताएमा पाँच बर्षभित्र सिम्ता क्षेत्रलाई सबै सुविधाबाट सम्पन्न गराइ देशकै उत्कृष्ट क्षेत्र बनाउने उनले घोषणा समेत गरे ।
 
नेता खड्काले सिम्ताका बिरामीहरु उपचार गराउन बाहिर जान नपर्ने गरि पाँच बर्षभित्र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, घरघरमा बिजुली बत्तीको सुविधा उपलब्ध गराउने र सञ्चारको क्षेत्रमा सिम्ताका टोल तथा गाउँ वस्तीहरुमा इन्टरनेटको सुविधा पुर्याइने उनले दावी गरे ।
 
सुर्खेतको पूर्व बोटेचौरदेखि पश्चिमको तातापानीसम्म सडक, बिजुली, सिचाइँ सुविधा उपलब्ध गराउन ४ अर्ब रुपैयाँको लगानीमा हाल बहुउद्देश्यीय सिचाइँ आयोजना शुरु गरिएको जानकारी दिँदै सोही आयोजनाबाट युवाहरुलार्इ रोजगारी सृजना गरि नमूना रोजगार क्षेत्र बनाउने उनले बताए ।
 
यसैगरी, चुनावी सभालाई सम्बोधन गर्दै सुर्खेत क्षेत्र नं १ क नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार टेकबहादुर सिंहले जनताले आफूलाई विजयी गराएमा विकासका सम्पूर्ण पूर्वाधार तयार गर्न लागी पर्ने सिम्तावासीलाई बचन दिए । 

उनले सिम्ताको विकास देखेर विपक्षीहरु अत्तालिएको टिप्पणी गर्दै विकासलार्इ अझ तिब्र गतिमा लैजान काँग्रेसलाई जिताउन सिम्ता वासीलाई आग्रह गर्दै कम्युनिष्ट गठबन्धन झुटको खेती भएकोले उनीहरुसंग सचेत रहन आग्रह गरे ।
 
काँग्रेस गाउँ कार्य समिति डाँडाखालीका सभापति चेतबहादुर रेग्मीको सभापतित्वमा भएको चुनावी सभामा पूर्व सांसद् लालबहादुर घले, क्षेत्रीय सभापति खड्क पोखरेल, काँग्रेसका नेताहरु वीरेन्द्र रावत र खड्क पोखरेलले पनि नेपाली काँग्रेसलाइ जिताउन मतदातासंग अपिल गरेका थिए ।
 
कार्यक्रममा एमाले तथा माओवादी केन्द्र परित्याग गरि एकसय भन्दा बढीले नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
 
थानी मंगलगढीमा
 
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं २ का उम्मेदवार हृदयराम थानीले शनिबार वीरेन्द्रनगर ९ मंगलगढीका मतदाताहरुसंग भेटघाट गरेका छन् । 

भेटका क्रममा थानीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसलार्इ जिताएमा वडाभित्र रहेका समस्या समाधानका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।
 
यस्तै, चुनाव प्रचारका क्रममा मंगलगढी पुगेका थानीलाई स्थानीयले लाटीकोइली र इट्टाभट्टातर्फको सडक पिँच तथा पानी निकासको प्रबन्ध मिलाइदिन माग गरेका छन् ।

उनीहरुले जिल्लाकै पहिचान दिन सक्ने काक्रेबिहारलाई व्यवस्थित रुपमा संरक्षण र पर्यटकीय क्षेत्र बनाउनका लािग पनि पहल गरिदिन आग्रह गरे ।
 
यसैगरी, मतदातासंग भेटघाट गर्दै काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नंं २ क का उम्मेदवार कमलराज रेग्मीले आफू निर्वाचित भएमा जनताको समस्या समाधानका लागि लागिपर्ने आश्वासन दिएका छन् । 
 
भेटघाट कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वडा सदस्य सुरेश मानन्धर, नेपाली काँग्रेस क्षेत्र नं २ सुर्खेतका सभापति नारायण कोइराला, समानुपातिकतर्फका उम्मेदवार लोकबहादुर विश्वकर्मा, पार्वती गिरी, पार्वती सार्कीलगायतको सहभागिता रहेको थियो ।
 
यसैबीच, शनिबार नै निर्वाचनको पूर्व सन्ध्यामा नेपाल विद्यार्थी संघ सुर्खेतले वीरेन्द्रनगरको मंगलगढी चौकदेखि ¥यालीसहित शक्ति प्रदर्शन गरेको छ । 

आसन्न प्रदेशतथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन भातृ संगठन नेवि संघका विद्यार्थीहरुले जुलुस प्रदर्शन गरेका हुन् । मंगलगढीदेखि शुरु भएको जुलुस पिपलचौतारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 
कोण सभामा विद्यार्थी नेताहरुले २१ मंसिरमा हुने निर्वाचन काँग्रेसको पक्षमा पार्न विद्यार्थीहरुलाई सक्रीय भएर लाग्न निर्देशन दिएका थिए ।
 
यसैगरी प्रदेशसभाका उम्मेदवार तप्तबहादुर विष्टले आफूले थालेका विकासका अधुरा कामलाई पूरा गर्न यसपटक पनि विजयी गराउन आग्रह गरे । 

शनिवार चौकुनेको गुटुमा आयोजित चुनावी सभामा बोल्दै उनले सो आग्रह गरेका थिए । 

कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी र खड्गबहादुर बस्यालले विकास र लोकतन्त्रका लागि कांग्रेसलाइ जिताउन जोड दिए ।
 
मोहनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य गजराज जोशी, पार्टी सचिव टोपबहादुर रावत, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, राप्रपा प्रजातान्त्रिकका प्रदेश उम्मेदवार कर्णबहादुर रेगामी, राप्रपा प्रजातान्त्रिकका समानुपातिक उम्मेदवार कविराम पुरीलगायतले बोलेका थिए ।
 
डाँगीको घरदैलो कार्यक्रम
 
यसैगरी, सुर्खेतको क्षेत्र नं १ ९ख० का प्रदेश सभा उम्मदेवार झकबहादुर डाँगीले शनिबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिए ।

उनले शनिबार भेरीगंगा नगरपालिकाको हर्रे, मुरली तथा छिन्चु आसपासका वस्तीहरुमा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरे ।
 
उनले हर्रेबाट मुरलीखोला हुँदै वैकल्पिक सडक मार्ग निर्माण गरी छिन्चुसम्म पुर्याउन हर्रेमा रहेको विद्यालयमा भौतिक सुविधाका लागि भवन निर्माण तथा फर्निचर, कम्प्यूटर र कम्प्यूटर शिक्षकको व्यवस्था गर्ने, तरकारी खेती गर्ने कृषकहरुका लागि समयमै बिउ मल र प्राविधिक सल्लाहका लाग जनशक्ति उपलब्ध गराउने व्यवस्थाका लािग आफूले पहल गर्ने बताए ।
 
घरदैलो कार्यक्रममा भेरीगंगा वडा नं ४ का वडा सदस्य रुपसिं सुनार, काँग्रेसका पूर्व महासमिति सदस्य महाबिर खत्रीलगायत स्थानीय नेताहरुको सहभािगता रहेको थियो ।          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ