arrow

उदयपुर कटारीमा काँग्रेसको चुनावी सभा विरोध सभामा परिणत हुँदै

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
udayapur.png

कटारी । उदयपुरको क्षेत्र नम्बर २ मा काँग्रेस नेता रामहरी खतिवडाको नेतृत्वमा निर्वाचन कार्यक्रमले निरन्तरता पाएको छ । 

प्रतिनिधि सभाका उमेदवार नारायणबहादुर कार्की लगायतका ७ जना सवार जीप बुधबार एम्बुसमा परि विष्फोट भएपछि काँग्रेस नेता खतिवडाको नेतृत्वमा काँग्रेसले निर्वाचनका कार्यक्रमलाई निरन्तरता दिएको हो । 

खतिवडाले शुक्रबार उदयपुर आईपुगे लगत्तै कटारी बजारमा घरदैलो कार्यक्रम थालेका छन् । कार्कीलाई उदयपुरगढी गाउँपालिकाको दनुवारवेसीमा अज्ञात समूहले एम्बुसमा पारेपछि कार्कीको अहिले शिक्षण अस्पत्तालमा उपचार भईरहेको छ । 

घटनापछि काँग्रेसको निर्वाचन कार्यक्रम प्रभावित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा खतिवडा उदयपुर आएका हुन् ।

खतिवडाले घटनाको घोर भत्र्सना गर्दै निर्वाचनका कार्यक्रमलाई निरन्तरता दिएका हुन् । देश विदेशमा घटनाका कारण सबैलाई दुखी बनाएकाले घटना लोकतन्त्र विरुद्धको प्रहार भएको खतिवडाले बताए । 

खतिवडा ओखलढुंगाबाट प्रतिनिधि सभाका उमेदवार थिए  । ओखलढुंगामा मंसिर १० मा निर्वाचन सम्पन्न भईसकेको छ । खतिवडा निर्वाचन अवधिभर उदयपुर नै रहने बताईएको छ  ।

खतिवडाले उदयपुरको क्षेत्र नम्बर २ मा काँग्रेसको निर्वाचनका कार्यक्रमलाई निरन्तर अगाडि बढाउन थालेका छन् । खतिवडासँगै काँग्रेसका नेता कार्यकर्ताहरु अहिले क्षेत्र नम्बर २ मा केन्द्रित भएका छन् । 

 यो क्षेत्रमा चुनावि कार्यक्रम प्रभावकारी बनाउन काँग्रेसका प्रमिला राई , लक्ष्मी परियार लगायतका नेताहरु चुनावि कार्यक्रममा सहभागी भईसकेका छन् । 

विरोध कार्यक्रम हुने 
आईतबार काँग्रेसले विरोध र्यालीका साथ बृहत सभा गर्ने भएको छ । कटारीमा हुने सभामा केन्द्रिय नेताहरु बलबहादुर केसी, डा।नारायण खड्का ,प्रखर वक्ता गुरु घिमिरे तथा खतिवडाले विरोध र चुनावि सम्बोधन गर्ने भएका छन् ।

त्यसैगरी गायिका राधिका हमाल तथ विभिन्न राष्ट्रिय कलाकारहरुले सभामा साँस्कृतिक प्रस्तुति दिने काँग्रेसका जिल्लाका कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठले जानकारी दिए ।

दनुवारवेसी घटनाको विरोध गर्दै काँग्रेसले विरोध सभा गर्ने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ