arrow

आरक्ष पीडितलाई जग्गा दिएरै छाड्छु  : प्रधानमन्त्री देउवा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
deuba_belauri.jpg

बेलौरी,कञ्चनपुर । कञ्चनपुरको महत्वपूर्ण स्थल हुदाहुदै यहाँ आरक्ष पीडित हरु मर्कामा छन तसर्थ आरक्ष पीडितलाई जग्गा दिएरै छोड्ने  नेपाली काँग्रेसका सभापती तथा  प्रधानमन्त्री शेरबहादुर देउवाले बताए।

नेपाली काँग्रेस द्वारा कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै काँग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने "म प्रधानमन्त्री भएका बेला सुदुरपश्चिम विकासको मार्गमा गएको छ । म यहिको स्थानीय मान्छे हुँ तसर्थ आसन्न निर्वाचनमा काँग्रेसले जिते प्रधानमन्त्री बन्ने मै हो म प्रधान मन्त्री बने कञ्चनपुरका जनताको बढी हक हुने छ ।" 

जिल्लाको दक्षिणी भेकमा रहेको निर्वाचन क्षेत्र नम्बर को त्रासदीपुर्ण बनेको दोंदा नदीको सन्दर्भमा बोल्दै प्रधानमन्त्री देउवाले भने "दोंदानदी नियन्त्रणका लागि आफू प्रधानमन्त्री भएकै बेला नदी ब्यबस्थापनको गुरुयोजना बनाइ नियन्त्रणको लागि पहल अगाडि बढी सकेको छ । दोंदा नदीबाट हुने डुबान र कटान नियन्त्रण गर्ने छु ।" कञ्चनपुर राष्ट्रियता बोकेको जिल्ला हो । यहाँ नेपालको झापा देखि पश्चिमको महाकाली सम्मका जनताको बसोबास गर्ने थलो हो । पुनर्वास र बेलौरी भनेको पुनर्वास गराइएको क्षेत्र हो यो अत्यन्त महत्त्वपूर्ण स्थल हुँदाहुँदै पनि यहाँ चुनौती पनि छन । जसलाई समाधान गर्न आफू लागेकै छु ।" 

कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र बेलौरीमा नेपाली काँग्रेस द्वारा आयोजित क्षेत्रीयस्तरको आमसभालाई सम्बोधन गर्दै अधिकतम समय विकास निर्माणका बारे बोलेका प्रधानमन्त्री देउवाले भने" भारतीय सिमा जोडिएको यो क्षेत्रमा भन्सार र कृषि क्याम्पसको कुरा उठेको छ  राष्ट्रकै अर्थतन्त्र दरिलो पार्न सघाउने भन्सार र कृषि प्राविधिक उत्पादनमा सघाउने कृषि क्याम्पस बनाउनेछु ।" साथै कञ्चपुर आदिवासीजनजाति हरुको थलो हो । यहाँ राना थारुहरुको बाक्लो उपस्थिति छ । राना थारुहरुलाइ बेग्लै सुचिकृत गराइ छाड्ने प्रधानमन्त्री देउवाले बताए। 

बर्तमान राजनीतिक सन्दर्भमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले भने "बामपन्थीहरु सम्बिधान फेर्न खोज्दै छन् । जनतालाई सार्बभौमसत्ता सम्पन्न बनाई समाबेशी बिकास र अधिकार सम्पन्न बनाउने संविधान फालेर राष्ट्रपतिय प्रणाली लागू गराउने संविधान ल्याएर मुलुकमा कम्युनिस्ट शासन लाद्न खोज्दैछन बामपन्थीहरु । " प्रधानमन्त्री देउवाले भने " आसन्न निर्वाचन यसर्थ पनि महत्त्वपूर्ण छ काँग्रेस चहान्छ जनतालाई सार्बभौमसत्ता सम्पन्न बबनाउन तर यहाँ बाम गठबन्धनको नाममा अधिनायकवाद लाद्न खोजिदै छ । " प्रधानमन्त्री समेत रहेका देउवाले भने " निरंकुशतालाई चिर्दै जनतालाई अधिकार सम्पन्न बनाउदै आएको काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ