कण्डेलले 'संस्कृति र परम्पराको जगेर्ना गर्छु' भनेपछि झण्डै ३ सय जना आए काँग्रेसमा
प्रकाशित २०७४ मंसिर १६ शनिबार
256
Shares
नवलपरासी । नेपाली कांग्रेसका नेता एवम् नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल(मुन्ना बाबु) ले सबै बर्ग र समुदायले आ आफ्नो लोप हुदै गएको सांस्कृतिक र परम्पराको जगेर्नामा लाग्नुपर्ने बताएका छन् । उनले यसमा आफू प्रतिबद्ध रहेको पनि बताए ।
ईस्लाम धर्मका धर्म गुरु हजरत मोहम्मद सलल्लाहो अलैहे वसल्लमको जन्मदिनको अवसरमा कुश्मामा आयोजीत एक विशेष कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेता कण्डेलले यस्तो बताएको हो । पूर्व गृहराज्यमन्त्री समेत रहेका कण्डेलले सो अवसरमा बोल्दै मोहम्म जयन्तीको उपलक्ष्यमा नेपाल सरकारले दिएको सार्वजनिक विदा दिएकोमा सरकारप्रति धन्यवाद ब्यक्त गरे ।
यसैबीच, कण्डेलले देशलाई अब विकास गर्न नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । पूर्व गृहराज्यमन्त्री समेत रहेका कण्डेलले आफ्नो निर्वाचन क्षेत्रमा आयोजित बिभिन्न प्रचार प्रसार कार्यक्रमको क्रममा द्वन्द्वबाट बाहिर निस्कीएको यो देशलाई अब विकास गर्न उन्नमुख गर्न कांग्रेसको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे ।
यसैबीच बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका बैजनाथ जयसवालले संयुक्त आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा प्रचार प्रसारमुखी कार्यक्रम गरेका छन् । यसैगरी, यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारीले संयुक्त रुपमा आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न स्थानमा उत्साहजनक रुपमा प्रचार प्रसारमुखी कार्यक्रम जारी राखेका छन् ।
यसैबीच सरावल २ दंगीयामा प्रचार प्रसार कार्यक्रममा सम्पन्न भएको छ । बिजय गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रमा प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल (मुन्ना बाबु), समाजसेबी हरिनारायण श्रेष्ठ, पार्टीका जिल्ला सदस्य राधेश्याम गुप्ता लगायतले बोल्नुभएको थियो ।सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी १८० जना नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।
यसैबीच, रामग्राम १८ मा कोण सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । गोपाल डिसवाको अध्यक्षतामा भएको सो कार्यक्रममा उनीसँगै प्रदेश सभा सदस्यका उम्मेदवार बैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर लगायतले बोलेका थिए । सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी १४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।