arrow

कांग्रेस परिचालन समितिको बैठक सम्पन्न

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
baithak1.jpg

वीरगंज ।अगामी मंसीर २१ गते हुने  प्रतिनिधी सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचनका सन्दर्भमा शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति, पर्साको बैठक नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य एंव केन्द्रीय प्रचार समितिका सदस्य शोभाकर पराजुलीको प्रमुख आतिथ्यमा भएको बैठक नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्धिवेदी को अध्यक्षतामा सम्पन्न भएको छ ।

 बैठकमा नेपाली कांग्रेसका जिल्ला देखि वडा तह सम्मका सबै निकायहरु, भातृ एंव शुभेक्छुक संघ संस्थाहरु कृयाशील भै पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरुलाई जिताउन सक्रिय रहेकोले हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

साथै अब बाँकी रहेका छोटो अवधिमा पार्टीका पक्षमा जनमत सिर्जना गरी सम्पुर्ण उम्मेदवारहरुलाई बिजयी बनाउन अरु सशक्त रुपमा क्रियाशील रहन अनुरोध समेत गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य गणेश चन्द्र तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ