काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार नवीन्द्रराज जोशीले शिक्षा र स्वास्थ्य आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।नागार्जुन ५,हरिसिद्धिमा शनिबार आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री जोशीले सो कुरा बताएका हुन् ।
“शिक्षा र स्वास्थ्य सेवामा नागरिकले पाउनुपर्ने गुणस्तरमा बढाउन म सधैँ प्रयत्नशील छु,उनले भने ,गरीबका सन्तानले धनीसरह पनि राम्रो स्कुलमा पढ्न र बिरामी हुँदा उपचार गर्न पाउनुपर्छ ।सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि र निःशुल्क उपचारको व्यवस्था गरेर विपन्नको पहँुच पुर्याउने आफ्नो योजना रहेको उनले जानकारी दिए ।
“हामी प्रत्येक व्यक्तिको स्वतन्त्रताको सम्मान गर्छौँ,राज्यले संस्कृति,धर्म परम्पराको अतिक्रमण गर्नु हुँदैन ।”सांस्कृतिक क्रान्तिका नाममा संस्कृतिको अतिक्रमण नहोस् भन्नेमा सबै चनाखो रहनुपर्नेमा जोड दिँदै उनले भने–“हामीलाई राष्ट्र बलियो बनाउनु छ,तसर्थ सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”आफूले आर्थिक उदारीकरणमा विश्वास राख्ने बताउँदै जोशीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।आफ्नो उम्मेद्वारी लोकतन्त्रको संरक्षण,सम्वद्र्धन र संविधानको निरन्तरताका लागि भएको उनको कथन थियो ।
प्रदेश २(ख)का उम्मेद्वार देवरत्न डंगोलले आफूले हालसम्म नागार्जुन नगरपालिकाको विकासका लागि काम गर्ने अवसर नपाएको बताउँदै प्राथमिकताका आधारमा यहाँका समस्या समाधान गर्ने बताए ।नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले नगरको विकासमा जोशीको योगदानको चर्चा गर्दै उहाँको सहयोगमा नगरको मुहार फेर्न सकिने बताए ।