कलैयालाई सुबिधा सम्पन्न, डुमरवानामा अस्पताल निमार्ण : मन्त्री मंसुर
प्रकाशित २०७४ मंसिर १६ शनिबार
758
Shares
कलैया । बाराको निर्वाचन क्षेत्र नं. ३ का नेपाली काँग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले कलैया अस्पताललाई सुविधा सम्पन्न बनाई डुमरवानामा ५० सैयाको अस्पताल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कलैयामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिबद्धता व्यक्त गर्दै मन्त्री मंसुरले दुधौरा, बालगंगा र पसाह खोलामा पक्की तटबन्धको गुरुयोजना बनाउने कार्य गर्ने उनीहरुले कलैया हाटबजारलाई समेत सुविधा सम्पन्न बजारको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन ।
मंसुरले आफू जितेपछि आफनो क्षेत्रको सबै माध्यमिक विद्यालयमा टेली सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाउनु भयो । वहांले डुमरवाना, नयाबस्ती लगायत क्षेत्र नं. ३ का सबै गांउमा रहेका अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने र सुकुम्बासी आयोगबाट वितरण गरिएको लालपुर्जा चल्तीमा ल्याउने कार्य गर्ने बताए । मटिअर्वा छोटी भंसारलाई भन्सारमा स्तरनोन्ती गर्ने, डुमरवाना र कलैयामा प्राविधिक शिक्षाका लागि क्याम्पस स्थापना गर्ने, कलैयाको सिद्धेश्वर मन्दिरलाई पर्यटकीय केन्द्र बनाउने, कलैयाको रामजानकी मन्दिर परिसरमा पार्क निर्माण गर्ने, रामराज क्याम्पस कलैया र डुमरवाना बहुमुमी क्याम्पसमा मास्टर डिग्रीसम्मको अध्ययनको व्यवस्था मिलाउने, दुधौरा खोलाको आमाडारमा पक्की पुल निमार्ण गर्ने र जितपुर देखि फतेपुरसम्म पक्की सडक निमार्ण गर्ने जस्ता बुँदाहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
क्षेत्र नं. ३ का हरेक वडालाई सदरमुकाम सँग जोडन पक्की सडक निर्माण, मानमत मटिअर्वा कोरिडोरमा उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने, डुमरवाना बजारको निर्माण कार्य गर्ने, टाँगियाबस्तीको उचित व्यवस्थापन गर्ने, सिसहनिया–फेंटा पक्की सडक निमार्ण गर्ने, खपरताता–धर्मनगर पक्की सडक निमार्ण गर्ने सहितको १८ बुँदे प्रतिबद्धता पत्र उम्मेदवारहरुले सार्वजनिक गरेका हुन् । नेपाल प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य उम्मेदवार फरमुल्लाह मंसुर, प्रदेश सभा सदस्य उम्मेदवार रामानन्द यादव र जयचन्द्र चौरसिया सहभागी भएका थिए ।