उदयपुरमा सुरक्षा व्यवस्था कडा, काँग्रेस र कम्युनिष्ट गठवन्धनले चुनावी सभा गर्दै
प्रकाशित २०७४ मंसिर १६ शनिबार
272
Shares
गार्इघाट । उदयपुरमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । शनिबार उदयपुरमा नेपाली काँग्रेस र बाम गठवन्धनले चुनावी आम सभा गर्ने भएपछि उदयपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । नेपाली काँग्रेसले उदयपुरको मुर्कुचीमा चुनावी सभागर्ने भएको छ ।
यस्तै बाम गठनन्धनले उदयपुरको गाईघाट बजारका चुनावी सभा गर्ने जनाईएको छ । काँग्रेसको सभामा केन्द्रीय सदस्य बल बहादुर केसी, केन्द्रीय सदस्य तथा प्रखर वक्ता गुरुराज घिमिरे ,केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. नारायण खड्का, पूर्व मानीय संसद एवम केन्द्रीय सदस्य राम हरी खतिवडाले चुनावी सभामा सम्वोधन गर्ने जनाइएको छ ।
यस्तै बाम गठवन्धनको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने बताइएको छ । यस्तै भोलि कटारीमा पनि नेपाली काँग्रेस क्षेत्रीय कार्यलयको आयोजनामा राधिका हमाल लगाएत लोक प्रिय कलाकारका साथमा चुवावी सभासँगै सास्कृतिक कार्यक्रम गर्ने चुनाव प्रचार प्रसारका संयोजक राजेश चन्द्र श्रेष्ठले जानकारी दिP। मुर्किचिकै कार्यक्रमा सम्वोधन गर्ने अतिथिहरुले भोली कटारीको कार्यक्रममा सम्वोधन गर्ने जनाईएको छ ।