arrow

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको घरमा बम विस्फोट

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
pradeep_paudel_bisfot.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट गरार्इएको छ । उनको घरैलार्इ लक्षित गरि प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति भने नभएको  प्रहरीले जनाएको छ । 

तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा शनिबार बिहानै करिब ४:४५ बजे अज्ञात समुहले बम प्रहार गरेको हो। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले जानकारी दिए। यसबारे अनुसन्धान भैरहेको प्रहरी प्रमुख जोशीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ