arrow

राना समुदायमा रानाकै सरकार : आरजु

राना,थारु तथा सिमान्तकृत समुदायको उत्थान कांग्रेसले मात्रै गर्छ

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
arzu2.jpg

धनगढी। नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर पाँचकी उमेदवार आरजु  देउवाले रानाको समुदायमा रानाकै सरकार बन्न सक्ने बताएकी छन् ।  धनगढी उपमहानगरपालीका १३ झलारी गाउमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै राना वा चौधरी समुदाय मात्र बसोबास गर्ने समुदायमा राना चौधरीकै सरकार बन्न सक्ने बताएकी हुन् ।

सविंधानले चौथो तहको सरकारको पनि परिकल्पना गरेको भन्दै उनले बाहुल्यताका आधारमा विषेश स्वायत्त सरकार पनि बन्न सक्ने बताइन् ।  ‘अहिलेको संविधानले चौथो तहको सरकारको पनि परिकल्पना गरेको छ ,स्थानिय सरकार भन्दा तल एउटा स्वायत्त सरकारहरु बन्न सक्छ ’उनले भनिन्  ‘एउटै समुदायको मात्रै बस्ति,भेषभुषा र समुदायमा त्यस्तो सरकार पनि बन्ने बाटो संविधानले नै खोलेको छ । ’

आफ्नो समुदायमा आफ्नै सरकार पनि बन्न सक्ने भन्दै नेतृ देउवाले नेता छान्दा वुद्धिमान,विकास प्रेमी र सक्षम नेता छान्नु पर्ने बताइन् । । ‘राना बाहुल्य क्षेत्रमा रानाकै सरकार पनि बन्न सक्छ’ नेतृ देउवाले भनिन्  ‘त्यसैले लोकतन्त्रमा विश्वास गर्ने सक्षम,योग्य र विकास गर्न सक्ने प्रतिनिधी चाहिन्छ ।’
 
प्रधानमन्त्री पत्नी समेत रहेकी नेतृ देउवाले लामो समय सम्म रोकिएर बसेको शघन शहरी विकास आयोजना , तीन सय वेडको अत्याधुनिक अस्पताल बनाउन आफुले सकेजती तागत लगाउने दोह्रोर्‍याइन् ।  यस्तै गेटामा अन्र्तराट्रिय विमानस्थल र लालपुर्जा समस्याका लागि पनि आफु गम्भिर रहेको उनको भनाइ थियो । ‘रोकिएर बसेको शघन शहरी विकास आयोजना,गेटामा अन्र्तराट्रिय विमानस्थल र लाजपुर्जा सम्मस्यामा गम्भिर छु’ उनले भनिन् ‘आफुले जिते यो समस्या सामाधानका तत्काल पहल थाल्ने छु ’ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ