arrow

सदावहार उम्मेदवार र अध्यक्ष जनमोर्चाका नेता

पार्टीको अस्थित्व बचाउन उम्मेदवारी नियमित

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
rajamo.jpg

स्याङजा । सुन्दा अचम्म लाग्न सक्छ सदावहार अध्यक्ष र उम्मेदवार । कुनैदलमा टिकट नपाएर असन्तुष्ट कुनैदलमा सदावहार एउटै व्याक्ति उम्मेदवार र अध्यक्ष । भाग्यमानी जिल्ला नेता हुन् राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे ।

 २०४८ सालपछिका हरेक निर्वाचनमा उम्मेदवार बन्दै आएका गैह्रे करिव आधादर्जन पटक चुनावी मैदानमा भिडेका छन् । यस पटकको चुनावमा पनि गैह्रेले प्रतिनिधी सभाको लागि स्याङजा क्षेत्र नं. २ वाट उम्मेदवारी दिएका छन् । निर्वाचनमा उम्मेदवार बन्दा धरौटी एक पटक भन्दा अरु पटक जोगिन सकेको छैन तर पनि आफ्नो मुद्दाको लागि मात्रै भए पनि उनी उम्मेदवार वन्न छाडेका र्छैनन् ।

 वहुदलिय प्रजातन्त्रको स्थापना पश्चात २०४९ मा भएको चुनावमा तत्कालिन तिन्दोवाटे गाविसको अध्यक्षमा गैह्रे नेपाली कांग्रेससँग १ मतले पराजित भएका थिए । जसमा काँग्रेसका उम्मेदवारले ३ सय २९, गैहैले ३ सय २८ र एमालेका उम्मेदवारले ३ सय २५ प्राप्त गरेका थिए । जसमा एमाले समेत पछि परको थियो । तत्कालिन तिन्दोवाटे गाविस वडा नं ४ र हाल वालिङ नगरपालिका वडा नम्वर १० का स्थायी वासिन्दा गैह्रे ६७ वर्षको उमेरमा पनि युवा जत्तिकै जोसिलो भाषण गर्ने गर्दछन् ।

२०५७ साल देखि निरन्तर रुपमा स्याङजाको अध्यक्ष रहदै आएका गैह्रे जिल्लाका प्राय धेरै कार्यक्रममा पुग्ने गर्छन् । साधा जिवन उच्च विचारका धनी गैह्रे जहिले पनि राष्ट्रियता र पछिल्लो समय संघियताको चर्को विरोध गर्दै आएका छन् । २०६४ मा स्याङजा—३ वाट र २०७० मा क्षेत्र नंवर २ वाट संविधान सभा सदस्यका लागि लडेका गैहे्रको जमानत जोगिन सकेन त्यसो त संघिय संरचनामा देश गईसकेपछि पहिलो पटक भएको स्थानिय तहको वालिङ नगरपालिकाको प्रमुखमा समेत उम्मेदवारी दिएका गैह्रेले १ सय १४ मत ल्याएका थिए ।

२०२४ सालमा पाल्पामा अध्ययन गर्दा नै गण्डकी विद्यार्थी परिषदवाट राजनैतिक यात्रा शुरु गरेका गैह्रेले तत्कालिन मालेवाट सक्रिय राजनीतिमा लागेका हुन् । माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गरेसँगै माओवादीको चर्को विरोध गर्दै हिडेका गैह्रेलाई ३ दिन कव्जामा लिएका थिए । स्मरण गर्दै गैह्रेले भने तत्कालिन अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले समेत भण्डाफोरवाट डराएर भागेको गैह्रेको दावी छ ।  

पार्टीको अस्तित्वको लागि मात्रै भए पनि आफूहरुले उम्मेदवारी दिने गरेको गैह्रेको भनाईछ । संघियताको खारेजी आफूहरुको एक मात्र निरन्तरको नारा भएको वताउदै गैह्रेले नेपालमा संघियता लागु हुनै नसक्ने दावी गरेका छन् । पार्टीको नारामा जनता किन सहमत भएनन त भन्ने प्रश्नमा गैह्रेले नेपालका ठुला दलहरुले जनताको वुद्धी भुट्ने र विदेशीको इसारामा चलेको आरोप लगाए । जनताले अव वुझ्दै जान थालेका गैह्रेले भने ।  

देशका विभिन्न क्षेत्रमा राष्ट्रिय जनमोर्चा वाम गठवन्धनमा आवद्ध भए पनि स्याङजामा सहकार्य गरेको छैन । अध्यक्ष गैहे्र माओवादी र एमालेले कम्युनिष्टको विचारधारा छाडिसकको वताउदै उनीहरुसँग सहकार्य गर्नु आवश्यक नरहेको स्पष्ट पारे ।  

राजनिति वाहेक सुन्तला खेतीमा समेत सक्रिय गैह्रेले  ३० रोपनीमा सुन्तला लगाएका छन् । जसको गोडमेल गैहे्रले एक्लै फूर्सदको समयमा गर्दै आएका छन् । गाँउको विकासमा समेत सक्रिय गैहे्रलाई गाँउमा सम्मानित व्यक्तीको रुपमा लिने गरेको स्थानिय वताउछन् ।

राष्ट्रिय जनमोर्चाले यस पटकको प्रतिनिधी सभा र प्रदेश सभाको लागि ३ जनालाई उम्मेदवार वनाएको छ  । जसमा स्याङजा क्षेत्र नम्वर १ वाट ज्ञान वहादुर हमाल र क्षेत्र नम्वर २ क वाट मेनुका सार्कीलाई उम्मेदवार वनाएको छ । चुनाव प्रचार प्रसारमा व्यस्त रहेका गैह्रेले प्रचार प्रसारमा कुनै तडकभडक गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ