कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू कञ्चनपुरको दक्षिणी क्षेत्रमा चुनावी कार्यक्रममा व्यस्त रहेका छन् । काँग्रेसका पूर्व पार्टी प्रवक्ता समेत रहेका बडू शुक्रबार नेपाली काँग्रेसका पक्षमा जनमत जुटाउन कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ को दक्षिणी बेल्टमा पुगेका हुन् ।
आसन्न चुनावलाई मध्य नजर गर्दै नेता बडू निर्वाचन क्षेत्र नं. १ का बेल्डाँडी, बेलौरी, पुर्नवासमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्न दक्षिणी क्षेत्र आएको नेपाली काँग्रेस बेल्डाडीका नेता जनक सिह धामीले बताए ।
उनका अनुसार बडूले दक्षिणी क्षेत्रका विभिन्न तीन स्थानमा चुनावी सभा सम्बोधन गरेका थिए । चुनावी सभा सम्बोधन गर्दै नेता बडूले लोकतन्त्र र विकासका लागि काँग्रेसलाई मत दिन आब्हान गरेका छन् । पुर्वमन्त्री समेत रहेका बडूले काँग्रेस सरकारले ७ नम्बर प्रदेशको थुप्रै काम गरेको समेत बताउदै भोट दिन आब्हान गरेको नेता धामीले बताए ।
प्रतिनिधी सभा सदस्य समानुपातिका उम्मेदवार समेत रहेका बडूले काँग्रेस कञ्चनपुरका उमेदवारका लागि भोट मागेका छन् । काँग्रेस नेता बडूले दक्षिणी क्षेत्रका कार्यकर्तालाई एकजुट भएर काँग्रेस जिताउने अभियानमा खटिन समेत निर्देशन दिएका छन् ।
काँग्रेसका सबै उम्मेदवार जिताउन रातदिन जुट्न समेत आब्हान गर्दै चुनावमा होमिन निर्देशन दिए । काँग्रेस नेता दक्षिणी क्षेत्रमा गएपछि कार्यकर्ताले भव्य स्वागत गर्दै खुसी व्यक्त गरेका थिए । बिहीबार मात्रै काँग्रेस नेता बडू कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा का विभिन्न काँग्रेसका चुनावी कार्यक्रममा सहभागि भएका थिए
नेपाली काँग्रेस केन्द्रिय समितिले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि केन्द्रिय सदस्य दिलेन्द्र प्रशाद बडूलाई दोस्रो चरणको निर्वाचनमा सघाउन कञ्चनपुर जिल्लामा खटाएको थियो ।