चरित्र हत्याको प्रयास गरेको भन्दै खड्काले जारी गरे विज्ञप्ती (विज्ञप्ती सहित)
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
451
Shares
गाईघाट । नेपाली कांग्रेसका उदयपुर प्रतिनिधि सभा १ का उम्मेदवार डा. नारायण खड्काले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने किसिमको केहि दिन यता विभिन्न संचारमाध्यमहरुमा सामाग्री प्रकाशन भएको भन्दै त्यसको खण्डन गरेका छन् । डा. खड्काले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनतालाई भ्रममा नपार्न र झुटको खेती नर्गको लागि आग्रह गरेका छन् ।
उदयपुरको एक दैनिक पत्रिकाले र अनलाईनले डा. खड्का किर्ते कागज बनाएर ७ अर्बको योजना भन्ने शिर्षक समाचार प्रकाशन भएको प्रति खड्काले आपत्ती जनाएका छन् । उहाले आफु उदयपुरको समग्र विकास र समृद्धिको लागि सधै लागि पर्ने भए पनि आफ्नो चरित्र हत्या गर्नका लागि भ्रामक समाचारहरु संचारमाध्यमा आएको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको बताए ।
उनले आफु सभासद रहदा प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणको क्रममा उदयपुरको प्रमुख समस्याको रुपमा रहेको त्रियुगा नदि नियन्त्रणको लागि सिचाई मन्त्रालय मार्फत त्रियुगा नदि नियन्त्रणको प्रस्ताव द्धिपक्षिय सम्झौताको लागि प्रस्ताव बनाउनका लागि पहल गरेका थिए ।
सिचाई मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले परराष्ट मन्त्रालयलाई संबोधन गर्दै २०७४ श्रावण ३२ गते जारी गरेको पत्र प्राविधिक कारणबस २०७३ श्रावण ३२ हुन गएको थियो । उक्त पत्र बाहिर सार्वजनिक भए पछि डा. खड्काको बिषयमा टिका टिप्पणी सुरु भएको थियो ।
पछि मन्त्रालयले २०७४ मंसीर ८ गते उक्त पत्रमा भुलवस २०७३ श्रावण ३२ भएको भन्दै सच्याएर पठाएको थियो, तर पत्रिकाले उक्त बिषयमा संबन्धित निकायमा सम्पर्क नै नगरी आफु विरुद्ध लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
डा. खड्काले पत्रकारिता आफैमा स्वतन्त्र पेशा जनतालाई सहि र गलत समाचार दिने पेशा हो, यदि पत्रकारिताको धर्मलाई मान्ने हो भने उक्त बिषयमा संबन्धित पत्रिकाले सिचाई मन्त्रालयमा थप जानकारी लिएर समाचारलाई पुष्टि गर्दै प्रकाशन गर्न सक्थ्यो जनतालाई सुचनाको हकबाट बञ्चित गराउने गरि गरिएको भ्रमको खतीको कडा आलोचना गर्छु विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उल्लेख गरिएको छ कसैको इसारा र बहकाउमा लागेर मेरो व्यक्तिगत चरित्र हत्या गर्ने प्रयास गर्नु कति सम्मको पत्रकारिताको मुल्यमान्यतामा पर्दछ, मैले जिल्लाको विकासको लागि त्रियुगा नदि नियन्त्रणको लागि पहल गर्नु के अपराध हो ? एक समाज सेवक भएर जिल्लाको विकासको लागि त्रियुगा नदि नियनत्रणको लागि पहल गर्नु अपराध हो ? उनले विज्ञप्तीमा प्रति प्रश्न गरेका छन् ।
यता स्थानिय एक पत्रिकाले आफ्नो अन्तवार्ता नै नलिई अन्तवार्ता प्रकाशन गरेको प्रति पनि डा. खड्काले आपत्ती जनाएका छन् । उनले पत्रिका जस्तो संवेदनशिल संचार माध्यमले आफैले काल्पनिक प्रश्न र उत्तर बनाएर प्रकाशन गर्नु कति सम्मको हेलचेक्राई हो भन्ने उल्लेख गरेका छन् ।
स्थानिय एक पत्रिकाले आफु संग लिदै नलिएको अन्तवार्ता प्रकाशन गरेको भन्दै उक्त पत्रिकाको कटिङ केहि दिन यता सामाजिक संजालमा पोष्ट गरेको जनाएका छन् । डा. खड्काले जारी गरेको विज्ञप्तीमा अन्तमा पत्रकारिता क्षेत्रलाई आफु सधै सम्मान र माया गर्ने पत्रकारिता क्षेत्र सधै जनताको विश्वासमा निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड दिएका छन् ।