arrow

पहिलो चरणमा चुनाव भएका अधिकांश जिल्लाको मतगणना २१ गते ५ बजेदेखि 

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
matgadana1.jpg

काठमाडौं । पहिलो चरण अन्तर्गत निर्वाचन भएका हिमाली जिल्लाका मतपत्रहरु सदरमुकाममा संकलन गरिसकिएको छ । मंसिर १० गते पहिलो चरण अन्तर्गत भएका ३२ हिमाली जिल्लाका मतपत्र जिल्ला सदरमुकाममा संकलन गरिसकिएको हो । पहिलो चरणमा निर्वाचन भएका ति जिल्लाहरुमा दोस्रो चरणको निर्वाचन सकिएको दिन नै मतगणना सुरु गर्ने तयारीमा निर्वाचन अधिकृतहरु रहेका छन् ।

ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीका अनुसार पहिलो चरणको सर्वदलीय बैठक सम्पन्न भर्इसकेको र मतगणनाका लागि २० गते सम्ममा सर्वदलीय वैठक सकेर २१ गते बेलुका ५ बजेबाट नै मतगणना सुरु गर्ने तयारी रहेको बताए । उता गोरखाका मुख्य निर्वाचन अधिकृतले १९ गते सम्ममा सर्वदलीय बैठक सकेर २१ गते साँझबाट नै मतगणना सुरु गर्ने तयारीमा लागेको बताए ।

त्यस्तै, ताप्लेजुङ जिल्लाका मुख्य निर्वाचन अधिकारी कृपासुर कार्कीले शुक्रबार मतगणनाको बारेमा सबै आचारसंहिताहरु तयार पार्नको लागि सर्वदलीय बैठक डाकिएको बताए । उनले सोही बैठक पछि निर्वाचन आयोगबाट अन्य निर्णय नभए २१ गते ५ बज्नासाथ मतगणना सुरु गर्ने तयारी भर्इ रहेको जानकारी दिए । 

यी तीन जिल्लासँगै पहिलो चरणमा निर्वाचन भएका सबै जिल्लाका सम्बन्धित मुख्य निर्वाचन अधिकारीहरुले  २१ गते साँझ ५ बजेदेखि नै मतगणना सुरु गर्ने गरी तयारी भर्इरहेको बताएका छन् । पश्चिमी रुकुममा भने एउटा मतदान केन्द्रमा शुक्रबार समेत निर्वाचन भर्इरहेकोले त्यहाँको भने आधिकारिक जानकारी आइसकेको छैन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ