arrow

नयाँ शक्ति नेपालका जिल्ला अध्यक्ष सहित दर्जनौं काँग्रेस प्रवेश 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
party_prabesh_kanchanpur.jpg

पुनर्वास । आसन्न निर्वाचनको मिति नजिकिए संगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेको अभियान तिब्र बनेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा अन्य पार्टी परित्याग गरि कार्यकर्ता भित्रिने क्रम बढेसंगै काँग्रेस बलियो बन्दै गएको छ । बिहिवार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को छुट्टाछुट्टै स्थानमा भएको काँग्रेसको  सभामा  दर्जनौंले काँग्रेस प्रवेश गरेका छन ।

बिहीवार नयाँ शक्ति पार्टीका जिल्ला संयोजक गजेन्द्र बिष्ट सहित दर्जनौं कार्यकर्ताले काँग्रेस प्रवेश गरेका हुन । बिष्ट सहित काँग्रेस प्रवेश हुने नेता कार्यकर्तालाई नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले स्वागत गरेकी थिइन् ।

यसरी नै पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटामा नेपाल महिला संघको आयोजनामा भएको चुनावी सभामा बिमला खत्री एमाले, सीता देबि थापा माओवादी केन्द्र,दुर्गादेबी सुनारले माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई नेपाल महिला दलित संघकी केन्द्रिय सदस्य यमुना खड्का बिष्टले स्वागत गरेका थिए । पछिल्लो समयमा काँग्रेस प्रती बढेको आकर्षणले कञ्चनपुरमा काँग्रेस बलियो बन्दै गएको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ