arrow

४७० कार्यकर्ता काँग्रेसमा भित्रयाउँदै मुन्नाबाबुले भने, ‘शान्ति,विकास र समृद्धिका लागि कांग्रेस

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
munna-babu-devendraraj-kandel.jpg

महेशपुर । नेपाली कांग्रेसका नेता  एवंम् नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कँडेल (मुन्ना बाबु) ले दिगो शान्ति, विकास र समृद्धिका लागि नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन् । 

चुनावी अभियानमा रहेका पूर्व गृहराज्यमन्त्री कँडेलले बिहिबार पाल्हीनन्दन गाउंपालिकामा १ महेशपुरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 
 
नेपाली कांग्रेसका जुझारु नेता कँडेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै यस क्षेत्रमा सडक, शिक्षा,स्वास्थ्य, खानेपानी, लगायत विकासका पूर्वाधार बनाउने संकल्प सहित नेपाली कांग्रेस समृद्धिको एजेण्डा लिएर जनताको माझं आएको दाबी गरे ।
 
चुल्लाहीप्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रमा पार्टीका कार्यवाहक सभापति अर्जुनकुमार पोखरेल, नेपाली कांग्रेसका नेता अनिल गौड, पूर्व सांसद शकर पाण्डे, नेपाली कांग्रेसका जिल्ला सहसभापति सुवासचन्द्र गिरी, निर्वाचन परिचालन बुद्धिजीबी समितिका संयोजक राजेश्याम पाठक लगायतले बोलेका थिए । 

सो अवसरमा बिभिन्न दल परित्याग गरी  करिब दुई सय कार्यकता र मतदाता नेपाली कांग्रेसमा प्रबेश गरेका थिए  ।
 
यसैबीच बिहिबारै कांग्रेस उम्मेद्वार कँडेलको प्रमुख आतिथ्यतामा रामग्राम १३ पाडानिकट र पाल्हिनन्दन ५ गेर्मा चोकमा चुनावी कार्यक्रम सम्पन्न भएको छ  । 
 
रामग्राम १३ मा भगौती यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार कँडेल सहित पार्टीका क्षेत्रीय सभापति एवं रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्तालगायतले बोलेका थिए । 

सो क्रममा बिभिन्न दल परित्याग गरी २ सय ७० जना नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको थियो ।
 
गेर्मा चोकमा भएको चुनावी कार्यक्रमलाई उम्मेदवार देवेन्द्रराज कँडेल प्रदेश सभा उम्मेदवार बैजनाथ जयसवाल, प्रमोद शर्मा, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी, निर्वाचन परिचालन बुद्धिजीबि समितिका संयोजक राजेश्याम पाठक लगायतले बोलेका थिए ।

कोणसभा ओमप्रकाश गुप्ताको अध्यक्षता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ