डा आरजुको अनुभूति – ‘कति सरल, निश्छल र निष्कपट सुदूरपश्चिमबासी’
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
519
Shares
धनगढी । ‘हाम्रा मन्त्रीले ब्या (बिहे) गर्याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासंग बिहे गरेपछि पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिवेला व्यक्त गरेको उद्गार स्मरण गरिन् । उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, “ओ हो ! कति निश्छल, कति निष्कपट र कति सरल सुदूरपश्चिमेलीहरू ।’
कांग्रेस नेतृ डाक्टर देउवा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । दिनहुँ बिहान करिब तीन घन्टा सुदूरपश्चिमका विभिन्न जिल्ला, क्षेत्र, जातजाती, संघसंस्था तथा पक्षका प्रतिनिधिहरूसंघ भेटघाट, छलफल तथा दिनभरी दर्जनौ टोलवस्तीमा भेला, घरदैलोमा निकै व्यस्त हुने गर्छिन् ।
चुनावी कार्यक्रममा उनी मुलुकको पेचिलो बनेको राजनीतिक अवस्था तथा आर्थिक समृद्धिका योजनाबारे चर्चा गर्छिन् ।
महिलाको अवस्था सुधारका खाका प्रस्तुत गर्छिन् । गरिबी निवारणका कुरा गर्छिन् । र, वेलावेलामा नितान्त निजात्मक तथा भावनात्मक कुरा छेड्छिन् ।
‘म विहे गरेपछि पहिलो पटक डडेल्धुरा पुगें, टाढाटाढाबाट लठ्ठी टेकेर बुद्ध महिलाहरू भेट्न आउनुभयो’ बिहीबार मल्लिकार्जुन दार्चुला सेवा समिति परिवारले धनगढीमा आयोजना गरेको अन्तक्र्रियामा नेतृ देउवाले त्यतिवेलाको क्षण सम्झिन्, ‘उहाँहरूले मन्त्रीको श्रीमति हेर्न तथा पढेलेखेका महिला हेर्नका लागि आएको भन्नुुभयो, मलाई कस्तोकस्तो लाग्यो । सुदूरपश्चिमबासी कति सरल, निश्छल हुँदा रहेछन् भन्ने लाग्यो । तर, संगसंगै सोचें– ओ हो म त चार सय वर्ष अगाडीको समाजमा आइपुगेछु ।’
‘केही ठाउँमा बल्ल बाटो र विजुली पुगेको रहेछ,। बाटोघाटो छैन । रोजगारीका अवसर छैनन् । साक्षरताका दर दयनीय छ । उपचार नपाएर विरामी छट्पटाउनु पर्ने अवस्था छ । जताततै गरिबी छ’ उहाँले त्यतिवेला डडेल्धुरा र सुदूरपश्चिमको अवस्था देखेर केही गर्ने गाउ“वस्ती, डाँडाकाँडामा गएर विपन्न वर्ग, समुदायको जीवनमा सुधार गर्ने प्रयास गर, भन्ने सुझाव दिनुभयो ।’
डा आरजुले निकै भावुक हुँदै भनिन्, ‘मैले उहाँको चुनौति स्वीकार गरें र रुडुक संस्थामार्फत अछाम, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा स्वास्थ्य, महिला सशक्तिकरण, रोजगारी सिर्जना लगायतका काम गरें र अहिले पनि जारी छ ।’