arrow

एमालेका जिल्ला कमिटि सदस्यसहित दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
udayapur.png

उदयपुर । उदयपुरस्थित उदयपुर गढि गाउँपालिकामा नेकपा एमालेका जिल्ला कमिटि सदस्य कृष्ण थापा सहित दर्जनौं एमालेका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

बुधवार माइन वम विस्फोटको घटना साम्य भएसगैँ बुधवारै उदयपुर गढिमा भएको एक कार्यक्रममा उनिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्दै थापाले यस भेगका जनताको मनोभावनाको कार्य गरेको बताएका हुन् । कार्यक्रममा वोल्नै सवै बक्ताले वम विस्फोट परी घाईतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना गरेका थिए । दनुवारवेसिमा भएको घटना प्रति सवै सहभागीताले निन्दनीय घटना भएको बताएका थिए । 

विस्फोट हुँदा उम्मेदवार नारायण बहादुर कार्की, कांग्रेस कार्यकर्ता मिरा कटुवाल र पत्रकार नवराज पौडेल, जिप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते भएका थिए । 

घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालको एक श्रोतले बताएको छ । 

साथै प्रधानमन्त्री देउवाले घाइतेलाई शिघ्र स्वस्थ्यलाभको कामना गरेका छन् । 

यस्ता अपराधिक घटनामा संलग्न दोषीलाई दण्ड दिने पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएका छन् । 

यस्तै, प्रधानमन्त्री देउवाले कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ