पराजयको भयले वामपन्थीहरुले अफवाह फैलाएको मन्त्री विश्वकर्माको आरोप
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
144
Shares
धरान(सुनसरी) । नेपाली कांग्रेस धरान उपमहानगर समितिले आसन्न निर्वाचनमा पराजित हुने स्थितिमा पुगेको बामगठबन्धनले नेपाली कांग्रेसका नेताहरुबीच बैमनश्यता भएको अफवाह फैलाएर जातीय मतलाई विगार्न खोजेको आरोप लगाएको छ ।
बिहिबार दिउसो एक पत्रकार सम्मेलन आयोजना गरी नगर समितिले सुनसरी १ मा लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएको चुनाबी माहोल र जनलहरबाट आत्तिएर आफ्ना केन्द्रीय सदस्य एबम बाणिज्य मन्त्रि मिन बिश्वकर्मा र सुनसरी १ (क) का प्रदेश उमेद्वार किशोर रार्इबीचमा बाझाबाझ र कुटाकुट भएको झुठा , तथ्यहिन र काल्पनिक अफवाह फैलाएको आरोप लगाएको छ ।
धरान १ स्थित कांग्रेसको नगर कार्यालयमा भएको उक्त पत्रकार सम्मेलनमा बोल्दै बाणिज्य मन्त्रि मिन विश्वकर्माले समाचारमा लेखिएको कुरा शतप्रतिसत भ्रामक र झुटो भएको बताए । आफू वरिपरी सुरक्षाकर्मी र स्वकीय सचिब लगायत पाच सात जना मान्छे जतिबेलै रहेने बताउदै प्रदेश उमेद्वार रार्इसंग बिगत बीस वर्ष देखि संगै काम गरिरहेको बताए । मन्त्रि बिश्वकर्माले आफूहरु बिचमा हानाहान गर्नुपर्ने कारण नै नभएको बताउदै भने, “हामो सम्बन्ध नङ र मासु जस्तो छ । किशोरजी र म बिचमा हानाहान गर्नुपर्ने कुनै कारण नै छैन ।”
शान्ति सुरक्षाको अवस्थाका बारेमा पत्रकारले राखेको जिज्ञासामा मन्त्रि विश्वकर्माले छापामार शैलीमा भैरहेका आपराघिक गतिविधि बिरुद्द सरकार कडाइका साथ प्रस्तुत भएको बताउदै आपराधिक गतिविधिलाइ नियन्त्रण गर्न बिशेष टोली परिचालन गरिसकेको बताए ।
लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु माथि लगातार ह्रिंसक आक्रमण भैरहेको बताउदै मन्त्रि बिश्वकर्माले सरकारले यस्ता अपराधिक गतिबिधि बिरुद्द कडा कदम चाल्ने बताए ।
पत्रकार सम्मेलनमा सुनसरी १ (क) का प्रदेश उमेद्वार किशोर राइले आफूहरु बिचमा अत्यन्तै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता कपोल कल्पित र झुठा कुराका पछाडी नलाग्न पत्रकार र सर्बसाधारणलाइ आग्रह गरेका छन् ।
आफ्नो पक्षमा देखिएको लोकप्रियताबाट आत्तिएकाले विपक्षीले यस्तो कुप्रचार गर्न थालेको रार्इको भनाइ छ । बिगत बीस बर्षयता आफुहरुले एउटा मोर्चामा संगठित भएर काम गरेको बताउदै भन्नुभयो, “मन्त्रीज्यूसंग म निहु खोज्दै जान्छु होला त ?”
कांग्रेस धरानका नगर सभापति तिलक रार्इद्वारा जारि बिज्ञप्तिमा उल्लेख भए अनुसार विपक्षीहरु पराजित मानसिकतामा पुगेर मतदातालाई भ्रमित बनाउन यस्तो झूटको सहारामा लागेका हुन् ।