एमालेको प्रतिनिधि सभाको समानुपातिकमा रौतहटका स्थायी शिक्षिकाको सिफारिस
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
399
Shares
रौतहट। नेकपा एमालले निर्वाचन ऐन नियम मिच्दैं प्रतिनिधी सभाको सदस्यका लागि रौतहटका एक जना स्थायी शिक्षकको समानुपातिकमा सिफारिस प्रमाण फेला परेको छ ।
रौतहट जिल्ला गौर नगरपालिका वडा नं. ५ घर भएकी रेखा कुमारी झालाई पार्टीले आफनो प्रतिनिधि सभाको समानुपाति उम्मेदवारहरुको बन्दसुचि नं. १०० तथा क्रमश संख्या ९९ मा सिफारिस गरि उम्मेदवार बनेको फेला परेको छ ।
२०६३ सालमा शिक्षा सेवा आयोग भई रौतहटको सदरमुकाम गौर नगरपालिका स्थितको बैदनाथ आधारभुत विद्यालयमा प्राशि द्धितिय पदमा कार्यरत रहेकी शिक्षिका रेखा कुमारी झाको एमालेले सिफारीस गरेको हो ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. २ हथियाही तत्कालिन हथियाही गाविस वडा नं. १ का मुक्तिनाथ झा की नातिनी अवधकिसोर झा-बच्ची देवीकी छोरी तथा विरेन्द्र झाकी श्रीमति रहेकी रेखा कुमार झा लामो समय देखि नेकपा एमाले पार्टीमा सक्रिय भई कार्य गरि रहेकी छिन् ।
निर्वाचन ऐन अनुसार कुनै पनि पदमा उम्मेदवार हुन सरकारी तलब भता नखाने तथा शुृद्ध राजनितिमा लाग्ने व्यक्ति हुनु पर्नेमा यसरी नेपाल सरकारको स्थायी शिक्षिका भई कार्यरत रहेका व्यक्तिलाई पार्टी आफनो उम्मेदवार बनाउनु कति सम्म जायज रहेको हो भन्ने प्रश्न चौतर्फी उठन थालेको छ ।
पार्टीले गलती गरे पनि निर्वाचन आयोगले त्यसलाई सच्याईनु पर्नेमा निर्वाचन आयोग समेतको आखा यसरी छारो हाल्नु भनेको त निर्वाचन आयोगको नियम कानुनलाई धज्जि उडाउनु हो ।