नगरप्रमुखलार्इ काँग्रेसको चेतावनी,'अधिनायक र निरंकुशतावादी आचरण नदेखाउनुस्'
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
354
Shares
लम्की । चुनावी प्रचार प्रसारको क्रममा यहि मंसिर १३ गतेका दिन लम्कीचुहा नगरपालिकाको वाड नम्बर ७ प्रतापुरमा आफ्ना कार्यकर्तामाथि नगर प्रमुख महादेब बजगाईले दिएको धम्की प्रति नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले गम्भीर ध्यानकार्षण भएको जनाएको छ । लम्कीचुहा नगरपालिकाको सरकारी गाडी प्रयोग गरी नेकपा एमालेको चुनाबी प्रचारमा रहेका नगरप्रमुख बजगाईले प्रतापुरमा नेपाली कांग्रेसका नृप धामी र चन्द्र चौधरी लगायतकाको टोलीलाई माइकिङ्ग गरी रहेको अवस्थामा माइकिङ्ग बन्द गर्न धम्की दिएका थिए ।
प्रमुख बजगार्इँले गीत बन्द गर्न चेतावनी दिँदै नत्र ट्याक्टर र मान्छेमाथि समेत जे पनि हुन सक्ने धम्की दिएका थिए । सो अभिव्यक्तिको काँग्रेसले आपत्ति जनाएको छ । यो घटना निरकुश र अधिनायकवादी आचरण भएको उल्लेख गर्दै विज्ञप्तीमा यस्ता आचरण र शब्द प्रयोग गरी धम्की नदिन नेकपा एमालेका नेता समेत रहेका लम्कीचुहा नगरपालिकका प्रमुख बजगाईलाई सचेतहुन आग्रह गरीएको छ ।
घटनाको बारेमा प्रशासनमा समेत उजुरी गरिसकेको उल्लेख गर्दै सत्य तथ्थ छानबिन गरी आफना कार्यकर्ताको सुरक्षा गरिदिन समेत सम्बन्धित पक्षलाई आग्रह गरिएको नेपाली कांग्रेस निर्वाचन परिचालन समिति कैलाली क्षेत्र नम्बर २ का संयोजक तथा क्षेत्रीय सभापति भक्त बहदुर थापा र सदस्य सचिव देवानन्द जैसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैबीच नेकपा एमालेका नेता समेत रहेका लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले आफुले नेपाली कांग्रेसका कार्यक्रतालाई धम्की नदिएको प्रतिक्रया दिएका छन् ।