arrow

बाम एकता बामपन्थीहरुकै लागि घातक : रिजाल

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
Ramesh_rijal_(1).jpg

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजालले बाम एकता बामपन्थीहरुकै लागि घातक हुने बताएका छन् ।
 
बुधबार क्षेत्र नम्बर ४ अन्तर्गतको मिर्जापुर, झलमहिया, भलुवहिया लगायतका ठाउँहरुमा भएको घरदैलो पश्चात बन्जारीमा सम्पन्न  कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले अबको नेपाली जनता लोकतन्त्रलाई समाप्त पार्नखोज्नेहरुलाई तह लगाएरै छोड्ने दाबी गरे।

 सम्बोधनका क्रममा नेता रिजालले नेपाली काँग्रेसले नै लोकतन्त्रलाइ बचाउन सक्ने तथा मधेश र मधेशीको एजेण्डालाई पुरा गराउन सक्ने हैसियत काँग्रेस सँग मात्र रहेकोले काँग्रेसको नेतृत्व सर्व स्वीकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण कुर्मी,रमेश पाण्डेय, बृहपतिकृष्ण श्रेष्ठ, बलिष्टर अहमद, ईमरान आलम, रामाशिष पटेल, सोधा पटेल, श्रीकान्त यादव, रामदेव चौहान, भुपेन्द्र तिवारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ