कैलालीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता कांग्रेस प्रवेश
पहाड तराई जोड्ने चक्रपथ निर्माणको प्रतिवद्धता
प्रकाशित २०७४ मंसिर १३ बुधबार
210
Shares
कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारीले पहाड र तराईलाई जोड्ने चक्रपथ निर्माण गरिने बताएका छन् । कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ को शिवनगरमा बुधमार आयोजित सभामा नेता भण्डारीले कैलालीको अत्तरियाबाट सहजपुर, निगाली र खैराला तथा चौमाला जोड्ने चक्रपथ (रिङरोड) निर्माण गरिने बताए ।
उनले भने– यो पहाड र तराई जोड्ने नमुनाको चक्रपथ हुनेछ र यसको निर्माणपछि कैलालीको क्षेत्र नम्बर ४ मा आर्थिक गतिविधि तीब्र बन्ने छ । सहजपुर, निगाली र खैरालासहितको कैलालीको पहाडी क्षेत्रमा रहेको चुरे गाउँपालिका सुन्तला जातको फलफूल उत्पादनका लागि प्रशिद्ध छ भने बन पैदावार, जडिबुटी, अदुवा, दलहन उत्पादनका लागि पनि उत्तिकै उर्बर मानिन्छ । त्यस्तै, यो क्षेत्र पर्यटकीय दृष्टिले निकै उर्बर मानिन्छ ।
‘खानीडाँडा, बुडितोला र सहजपुर आन्तरिक तथा बाह्य पर्यटक आमगनका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ’ नेता भण्डारीले भन्नुभयो– यी क्षेत्रसंग निगाली, शिवनगर, खैराला लगायतलाई जोड्न सकियो भने यो प्रमुख पर्यटक गन्तव्यका रूपमा विकास हुने छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार हिरादत्त भट्ट, नेपाली कांग्रेस क्षेत्रीय उपसभापति खेम साउँद, तेज खड्का लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका ४२ जनालाई नेता भण्डारी तथा भट्टले स्वागत गरेका थिए ।
त्यसैगरी बुधबार नै क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरी र गौरिगंगा नगरपालिको वडा नम्बर ११ को चमरैया, डमारीपुर, शिवपुर, कान्तिपुर, भण्डारपुर र एैठामा टोल भेला तथा घरदैलो कार्यक्रम भएका छन् ।
सो अवसरमा माओवादी पार्टी परित्याग गरी १० जना नेपाली काँग्रेसमा प्रवेश गरे ।
चुनावी कार्यक्रममा पूर्व राज्यमन््त्री दीर्घराज भाट, प्रदेश सभा सदस्य उम्मेदवार यज्ञराज चौधरी, महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठक, महाधिवेशन प्रतिनिधी वीरेन्द्र भट्ट, क्षेत्रीय सभापति दिनेशराज जोशी, नगर सभापति र नेविसंघ, तरुण दल र महिला संघका पदाधिकारीहरूको सभागिता रहेको थियो ।