arrow

राजपा, एमाले र परिवारदलका वडाध्यक्ष उम्मेदवार नै आए काँग्रेसमा

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
pic_of_congressma_prawesh_3.jpg

बारा । गएको स्थानीय तहको निर्वाचनमा देवताल गाउँपालिकाको वार्ड नं. ६ रौवाही टोलबाट वडाध्यक्ष पदमा विभिन्न पार्टीबाट उम्मेदवार बनेकाहरु बुधबार एक कार्यक्रमबीच काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस पार्टी प्रवेश गर्नेमा राष्ट्रिय जनतापार्टीबाट वडाध्यक्षका प्रत्याशी बनेका वृजकिशोर साह, एमालेबाट प्रत्याशी बनेका भिखारी साह सोनार, परिवारदलबाट प्रत्याशी बनेका रामबाबु साह सोनार रहेको बताइएको छ।

उनीहरुलाई काँग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा २ का उम्मेदवार राधेचन्द्र यादवले टिका लगाएर पार्टी प्रवेश गराएका काँग्रसका स्थानीय नेता हरिलाल यादवले बताएका छन्। उनीहरुसँगै नेता यादवले विन्देश्वर पंडित, दिपेन्द्र ठाकुर हजाम, रामप्रसाद साह सोनार लगायतका दर्जनौ जनाहरुलाई पार्टीमा प्रवेश गराउन सफल भएका यादवले जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले लोकतन्त्रलाई संस्थागत गर्न एकजुट भएर काँग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्ने समय आएको बताए ।  उनले मधेशवादी दलको नाममा राजनिति गर्नेहरुले मधेशी समुदायको हक अधिकार दिलाउन नसक्ने देशमा लोकतन्त्रलाई बचाउन समेत नसक्ने भएकोले त्यस्ता उम्मेदवारको पछि नलाग्न जनतालाई आग्रह गरे ।

अहिले देश लोकतान्त्रिक शक्ति र कम्युनिष्ट शक्ति गरी दुई कितामा विभाजीत भएको अवस्थामा मधेशी जनताले लोकतन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई नै रोज्नु पर्ने तर्क गरे ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रामप्रवेश यादवले भोट लिनको लागि विभिन्न पार्टीका उम्मेदवारहरुलाई विभिन्न खाले आश्वासन र प्रलोभन देखाएपनि उनीहरुको पछि नलाग्न आग्रह गरे । यादवले यस क्षेत्रको जनताको सुखदुखमा काँग्रेसले साथ दिदै आएकोले भविष्यमा पनि हामीले नै तपाईको सुखदुखमा साथ दिने भएकोले काँग्रेसको उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, देवताल गाउँपालिकाका प्रमुखमा काँग्रेसका प्रत्याशी बच्चु बाबा भन्ने हिरा प्रसाद यादव, मोतिलाल कुशवाहा लगायतकाले देशमा लोकतन्त्रलाई काँग्रेसले नै बचाई राखेकाले काँग्रेसकै साथमा रहेर काँग्रेसलाई झन बलियो बनाउनु पर्ने कुरामा जोड दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ