arrow

सप्तरीमा कांग्रेसको प्रचारप्रचार तीब्र, प्रधानमन्त्रीको बिहिबार कठौनामा कार्यक्रम   

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
Sher-Bahadur-Deuba-1.jpg

राजविराज । नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन नेपाली कांग्रेस सप्तरी जिल्लाले आयोजना गरेको चुनावी कार्यक्रमबाट आम मतदातालाई संबोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा बिहिवार सप्तरी आउने भएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले क्षेत्र नम्बर –३ को शम्भुनाथ नगरपालिकाको कठौना बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने । प्रधानमन्त्रीको आगमनको चर्चासंगै सप्तरीमा चुनावी अभियान तीव्र भएको नेपाली काँग्रेस सप्तरीका सभापति तथा क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार दिनेशकुमार यादवले जानकारी दिएका छन् ।
 
लोकतन्त्र सहितको विकास : सप्तरीको मूल नारा
 मधेशका जिल्लाहरुमा विकासमा पछाडि परेको सप्तरीमा यसपटक नेपाली काँगे्रसले लोकतन्त्र सहितको विकासको नारा अगाडि सारेको छ । कम्युनिष्टहरुले राजनीतिक स्थायित्व र विकासको नारा अगाडि सारेर नेपाली जनताले ७० बर्षको संघर्षले ल्याएको संविधान र यसले प्रत्याभूत गरेका नागरिक अधिकारसहित लोकतन्त्रलाई खतम गर्ने संकेत देखाएपछि कांग्रेसले लोकतान्त्रिक अधिकारको संरक्षण गर्दै विकास गर्ने धारणा सार्वजनिक गरेको हो ।

 नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति तथा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार यादवले यसपटक पनि सप्तरी लोकतन्त्रको पक्षमा उभिने बताए। नेपाली कांग्रेसले सप्तरीको क्षेत्र नम्बर २ मा संधीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । त्यसबाहेकका अरु क्षेत्रमा नेपाली काँग्रेसको अवस्था बलियो छ  ।

पार्टी सभापति यादवले लोकतान्त्रि धारमा रहेका सम्पूर्ण पार्टीसँग कांग्रेसले सहकार्य गरिसकेको र चुनावी प्रचारका लागि विभिन्न समिति उपसमितहरु गठन गरेर क्षेत्रमा परिचालन गरिसकेको बताए । उनले राष्ट्र, समाज परिवर्तनमा नेपाली काँग्रेसको भूमिका अहम रहेकाले पनि जनताले यसलाईृ पत्याएको बताए ।

 लोकतन्त्रको रक्षा र मुलुकको सम्मुन्नति तथा विकासका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनु पर्ने बताउनु हुदै सभापति यादवले बामपन्थीहरुले जितेमा लोकतन्त्र मासिने  खतरा रहेको बताए । कम्युनिष्टहरुले साम्यवादी शासन ल्याउने उद्घोष गरिसकेकोले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन सञ्चारमाध्यमहरुले पनि उल्लेखनीय भुमिका निर्वाह गर्नुपर्ने उनले बताए।

सभापति यादवले मधेसी, जनजाति लगायत पिछडिएको समूहलाई अधिकार दिन नचाहने एमालेको गठबन्धनले जितेमा मुठ्ठीभर नेताहरुको जीवनस्तर सुध्रिए पनि समग्र जनताको जीवनस्तर झन कमजोर बन्ने भएकाले लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई जिताउनुको बिकल्प नभएको बताए । सप्तरीमा लोकतान्त्रीक धारका राप्रपा (प्रजातान्त्रीक) राप्रपा नेपाल लगायतका पार्टीले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाईरहेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ