arrow

निर्वाचन विरोधीले ज्यान लिएरै छाड्यो, म्यादी प्रहरीको मृत्यु, चार गम्भीर 

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
tulsipur-attack.jpg

खजुरा । दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको बुधबार बाँकेमा मृत्यु भएको छ । 

कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए । 

उनका अनुसार पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ, भने अन्यको उपचार भइरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ