arrow

यसरी लोकतान्त्रिक गठवन्धनको किल्ला बन्दैछ दैलेख

logo
नविनकुमार शर्मा
प्रकाशित २०७४ मंसिर १२ मंगलबार

दैलेख । मंसिर २१ गते हुने निर्वाचन चुनावी प्रचार प्रसारमा रहेका दैलेखका लोकतान्त्रिक गठवन्धनको चुवानी आमसभालाई सम्वोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय नेता धनराज गुरुङले देशमा लोकतन्त्रको रक्षा गर्न र संविधानको कार्यान्वयन गर्नका लागि पनि लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउनु सवै आम नेपालीलाई आग्रह गरेका छन् । 

विश्वबाट हराउँदै गएका कम्युनिष्टहरुले नेपाल जस्तो कम विकसित भएको मुलुकमा राज्यसत्ता हातमा लागेपछि नेपाली जनताले दुःख पाउने उनले बताए 

कम्युनिष्ट गठवन्धले गरेको गठवन्धन एक दलीय अधिनायकवादलाई प्रश्रय दिने भएकाले लोकतन्त्रलाई सखाप पार्न सक्ने वुझेर नेपाली काँग्रेसले लोकतान्त्रिक विचारधारा भएका दलहरुसंग हातेमालो गरेर देशको रक्षा र देशमा स्थितिरता जगाउनका लागि पनि रुख र गाई चिन्हमा मतदान गर्न दैलेखीहरुलाई आग्रह गरे ।

कम्युनिष्टहरुले झुटको खेती गरेर जनतालाई लोभलालच देखाउँदै हिडेकाले सबैले सचेत रहनसमेत अनुरोध गरे ।

दैलेखको क्षेत्र नम्वर १ को प्रदेश ‘क’ अन्तरगत डुगेश्वर गाउँपालिकाको अवलपराजुलमा भएको विशाल चुनावी सभामा लोकतान्त्रिक गठवन्धनका प्रतिनिधि सभा सदस्य का उम्मेदवार राष्टिय प्रजातन्त्र पार्टिका दिपककुमार शाहीले युवाहरुलाई वेरोजगार भएर विदेश जानुपर्ने अवस्थालाई कम गराएर जिल्लामा रोजगारीको अवसर श्रृजना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए । 

त्यस्तेै नेपाली काग्रेसका जिल्ला सभापति एवं प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णकुमार बिसीले दैलेख जिल्ला प्रत्रातन्त्र स्थापनादेखी अहिलेको समयसम्म आउँदा जनताको घरघर गएर जनताको दुःखसुखमा साथ दिँदै आएको पार्टी भएकाले पनि २१ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक गठवन्धनको विजय निश्चित रहेको बताए । 

जिल्लाको विकासमा सधैव आफुले आफ्नो तर्फबाट र पार्टिको तर्फबाट सकारात्मक भुमिका स्मरण गराउँदै बिसीले जिल्लामा पछिल्लो समयमा लोकतान्त्रिक पक्षतर्फ उर्लदो उत्साह हेर्दा विजय भइसकेको वताए ।

    कार्यक्रममा चुनाव प्रसार प्रसार कमिटिका संयोजक खेमराज के.सी., नेता नरिसंह मल्ल, दिपक सिजापती, निर्मला खड्का, बखत कटुवालले पनि लोकतान्त्रिक गठवन्धनलाई विजय गराउन र कसरी मत हाल्ने भनेर जनतालाई स्पष्ट गराएका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ