पञ्चायतकालमा जस्तै यसपटक पनि आफुलाई माया पाउने : शेषनाथ अधिकारी
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
260
Shares
भरतपुर। नेपाली काग्रेस वडा नं ५ आज आयोजना गरेको घरदैलो कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारीले आफु पञ्चायतकालमा धेरै समय यहि सेरोफेरोमा रहेको बताउदै त्यसबेला जस्तै यसपटक पनि आफुलाई माया गर्ने उम्मेदवार अधिकारीले बताए।
आफुलाई माया गरेको क्षेत्रमा बल्ल प्रत्यक्ष रुपमा काम गर्ने पाउने भए भन्दै अधिकारी गुनासो गर्न नपर्ने गरि काम गर्ने बताएका थिए। नेपाली काग्रेस भरतपुर ५ ले आज नारायणपुर, तोरिखेत ,कैलाशनगर, गुलाबबाग क्षेत्रमा गरेको घरदैलो तथा मतदाता भेटघाट गर्दै यो कुरा बताए। राजनिति र बिकास बुझेका परिपक्व नेता भोट माग्न आफ्नो घर आगनमा आउने भएपछि स्थानियहरु स्वागतका लागि आतुर देखिन्थे। आफ्ना क्षेत्रका समस्याको फेहरिस्त सुनाउदै स्थानियहरु अव समस्याको समाधान हुनेमा ढुक्क देखिन्थ्ये। सबै मतदाताको घरमा पुग्नुपर्ने बाध्यताका बीच पनि उम्मेदवार अधिकारीले मतदाताको गुनासो ढुक्क भएर सुनेको पाईथ्यो।
शिक्षा राज्य मन्त्रि समेत रहेका उम्मेदवार अधिकारीले यो निर्वाचन नागरिकलाई सर्वोच्च बनाउने कि नेताहरुलाई सर्वोच्च बनाउने भन्ने छिनोफानो गर्ने निर्वाचन भएकाले थप सजग रहन आग्रह गरे। नेपाली काग्रेस चितवनका पुर्व सभापति समेत रहेका शेषनाथ अधिकारी भरतपुर ५ साबिकको भरतपुर १३ मा पुग्दा पुराना मतदातामा निक्कै ठुलो उत्साह देखिन्थ्यो। घरदैलो कार्यक्रमा नेपाली काग्रेसका जिल्ला स्तरिय नेताहरुको समेत बाक्लो उपस्थिती रहेको थियो।
सम्बृद्धि र बिकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य : प्रकाश अधिकारी लोकतन्त्र र शान्तिका लागि कहि कसैसँग सम्झौता नगर्ने नेपाली काग्रेस चितवन क्षेत्र नं २ प्रदेश का उम्मेदवार प्रकाश अधिकारीले आज भरतुर ५ ले आयोजना गरेको घरदैलो एवं चुनाबी सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। उम्मेदवार अधिकारीले सम्बृद्धि र बिकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य हुने बताए। मुलुकलाई अनेक किसिमका द्धन्द्धबाट नेपाली काग्रेसले नै बाहिर ल्याएको भन्दै अब सम्बृद्धिको बाटो हिडाउन पनी नेपाली काग्रेसनै चाहिने बताउनु भयो । पहिलो संबिधान सभामा काग्रेसको उपस्थिती सानो हुदा संबिधान आउन नसकेको भन्दै दाश्रो संबिधान सभामा काग्रेसको उपस्थिती र नेतृत्वका कारणले देशले संबिधान पाएको बताए। प्राप्त संबिधानको कार्यन्वयन गर्दै मुलुकलाई अगाडी बढाउन पनी काग्रेसनै चाहिने भन्दै कुनै संकोच नमानी नेपाली काग्रेसलाई मतदान गर्न उनले आग्रह गरे।
अघि अघिका निर्वाचनमा भन्दा यस पटक को निर्वाचनमा नेपाली काग्रेसका कार्यकर्ताहरु उत्साहि देखिन्थे। आज नेपाली काग्रेस भरतपुर ५ ले आयोजना गरेको घरदैलो कार्यक्रमा उत्साही काग्रसी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो। पनि यस्तो देखिन्थ्यो। नेता तथा कार्यकर्ताहरु सामान्य मतदाताहरुलाई मतदान गर्ने तरिका समेत सिकाएका थिए। भरतपुर महनागरपालिका वडा नं ५ का नारायणपुर, कैलाशनगर तोरीखेत लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको थियो।
गुट उपगुटका कुरा छोडेर जसरी पनि नेपाली काग्रेसलाई विजयी गराउने अठोटका साथ घरदैलो कार्यक्रममा भेटिएका थिए। धेरै बर्ष प्राध्यापन गरेका उम्मेदवार प्रकाश अधिकारी गाँउ गाँउ पुग्दा उनले पढाएका बिद्यार्थीहरु उत्साहित देखिन्थे। उनीहरुले आफ्ना गुरुलाई निर्वाचित गराई छाड्ने प्रतिवद्धता समेत गरेका थिए। घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिती रहेको थियो।