मत र मन वदल्नुस, विवेकशील साझा पार्टी भरपर्दो विकल्प भएर आएको छ : संयोजक मिश्र
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
312
Shares
ललितपुर। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताए। ललितपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दे काठमाडौ क्षेत्र नंवर १ का प्रतिनिधि सभाका उमेदवार समेत रहेका संयोजक मिश्रले राज्यको नीति निर्माण तहमा पुग्ने नेताहरुको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको बताए।
उनले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने बताए। कार्यक्रममा ललितपुर जिल्लाका प्रतिनिधि सभा र प्रदेशसभाका उमेदवारहरुले आ आफ्नो उमेदवारीको औचित्य र प्रतिवद्धता व्यक्त गरेका थिए। समारोहमा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र परियार, उमेद पुन, रमेश महर्जन,शोभा शाक्य लगायतले वदलिदो नेपालको चित्र र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र औचित्यवारे स्पष्ट पारेका थिए।
यसैवीच चुनावी प्रचार दौडाहामा आईतवार नेपालगन्ज पुगेका मिश्र आज धनगढी कार्यक्रममा सहभागि भए भने वुधवार विराटनगरको चुनावी सभामा सरिक हुने केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए।