arrow

कैलाली कांग्रेसले गर्‍यो प्रतिवद्धतापत्र सार्वजनिक

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
Photo_Sunil_Kumar_Bhandari_(1).JPG

अत्तरिया, कैलाली । नेपाली कांग्रेस कैलालीले निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । मंगलबार अत्तरियामा आयोजित एक विशेष समारोहबीच नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिलकुमार भण्डारी, प्रदेश सभा सदस्यका उम्मेदवार हिरादत्त भट्ट र यज्ञ चौधरीले मंगलवार संयक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गरे।
 
प्रतिवद्धतापत्र सार्वजनिकीकरण कार्यक्रमा प्रतिनिधी सभा सदस्यका उम्म्मेदवार भण्डारीले नयाँ संविधानले संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई दृढतापूर्वक संस्थागत गरेको चर्चा गरे। उनले क्षेत्र नम्बर ४ मा भौतिक संरचना निर्माण, रोजगारी बृद्धि, पर्यटन विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, विशेष औद्योगिक क्षेत्र स्थापना, कृषि क्षेत्रको आधुनिकीरकण र उत्पादकत्व बृद्धिलाई विशेष प्राथमिकताका साथ अघि बढाइने बताए ।
 
घोषणा  पत्रमा सामाजिक बिकास, धर्म संस्कृति र पर्यटन, शिक्षा तथा स्वास्थ्य, युवा रोजगार तथा खेलकुद, कृषि तथा भूमिसुधार, भौतीक पुर्वाधार तथा सडक, सिचाई खानेपानी जलविद्युत तथा तटबन्ध, सुचना तथा संचार, बन तथा पर्यावरण र सुशासन गरी नौ शिर्षकमा आगामी दिनमा सञ्चालन गरिने योजनाबारे उल्लेख छ ।

काँग्रेसले क्षेत्र नम्बर ४ मा उत्तरदक्षिण तथा पूर्वपश्चिम सडक सञ्जाल, पहाड र तराईलाई जोडेर चक्रपथ निर्माणमा बढी जोड दिएको छ ।

त्यसैगरी मोहना, खुटिया, राजिपुर–खुरखुरिया र कान्द्रा सिंचाई आयोजनाको सञ्चालन तथा स्तरोन्नतीमा जोड दिइएको छ । खैरालालाई नमुना उज्यालो गाउँ, ठूलीगाड तथा गोदावरी नदीमा बशुउद्देश्यीय आयोजना सञ्चालन लगायतका विकास आयोजना निर्माण र सञ्चालनमा दृढता व्यक्त गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि उत्तमबहादुर कठायत, नेता डाक्टर लक्ष्मीराज पाठक, क्षेत्रीय सभापति दिनेशराज जोशी, पूर्व क्षेत्रीय सभापति भीमप्रसाद गौतम, नेता सुरत कार्की, नगर सभापति हेमप्रकाश उप्रेति लगायतका नेता ततथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ