arrow

नारायण खड्कालाई लक्षित गरी वम विस्फोट

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
khadka.jpg

उदयपुर । उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का र प्रदेशसभाका उम्मेद्वार हिमाल कार्कीको गाडीलाई लक्षित गरी आज अपरान्ह शक्तिशाली वम विस्फोट भएको छ ।

कोणसभा गर्न गाईघाटबाट बेलदोभानतर्फ गईरहेको बेला बाबरी बेलदोभान सडक खण्डको विच जंगलमा अपरान्ह करीव ४ बजे वम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति भने नभएको खड्काले बताए ।

 यस अघि गएराति प्रदेशसभाका उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका ७ भाण्टावारीस्थित घर नजिकै शक्तिशाली वम बिस्फोट भएको थियो । बिस्फोटबाट मानवीय क्षति नभएपनि भान्सा कोठाको पर्खाल भत्किएको र गोठमा बाँधेका एउटा गाई र एउटा भैसी वमको छर्राले लागेर घाइते भएको कार्कीले बताए । प्रहरीले वम विस्फोट कार्यमा संलग्नको व्यापक खोजी भइरहेको जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ