arrow

रुँगटालाई समर्थन गर्दै पुर्व वडाध्यक्ष आए कांगेसमा

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
anil_rungata_2.jpg

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ स्थित सोलखपुर निवासी पुर्व वडाध्यक्ष तेजनारायण पञ्जियार मंगलबार नेपाली कांगेसमा प्रवेश गरेका छन् । घरदैलो तथा सोलखपुर स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाट्नका क्रममा सोलखपुर पुगेका  नेपाली कांगेसका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाले पञ्जियार सहित  अन्य पार्टिका नेता तथा कार्यकर्ताहरुलाई फुल माला तथा अबिर टिका लगाई स्वागत गरे।

घरदैलोका क्रममा सर्वसाधारण मतदाताहरु नेपाली कांगेस प्रति आकर्षित हुँदै कांगेसलाई मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा सहभागि भएका छन् । घरदैलो कार्यक्रममा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अनिल रुँगटा, प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी, पुर्व सभाषद शम्भु पासवान्, नेविसँघका नेता तथा कार्यकर्ता एवम् अन्य नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

साथै नेता रुँगटाले आजै पर्सौनीमा समेत घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ । भेटघाटका क्रममा सर्वसाधारणले नेपाली कांगेसलाई मतदान गर्न आफुहरु पनि उत्साहित रहेको बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ