arrow

मधेशको भोट लिई मधेशीलाई बेच्नेसँग सावधान : चौरसिया

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
ajay_chaurasiya.jpg

वीरगञ्ज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले मधेशको नाममा भोट लिई सम्पुर्ण मधेशीलाई बेच्ने सँग सावधान रहन आग्रह गरेका छन् ।
 
बामपन्थीहरु सँगको रकमी चलखेलमा मधेशलाई नै बेच्ने सुरु देखिकै बानी परेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीको नाममा भोट लिई पुनः बामपन्थीहरु सँग पैसा लिई मधेशलाई बेचे भने मधेश मात्रै नभई सिँगो देशमै तानाशाही व्यवस्था हाबी हुने खतरा रहेकोले समयमै सचेत हुन समेत नेता चौरसियाले आग्रह गरे।

पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको बहुदर माई नगरपालिकाको डोकैला बहुवरी तथा वागेश्वरी तित्रौनामा भएको घरदैलो कार्यक्रम पश्चातको कोणसभालाई सम्बोधन गर्दै नेता चौरसियाले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यस घडीमा कसैको रकमी प्रलोभन वा कुनै प्रकार को दबाब मा नपरी ढुक्क भई नेपाली काँग्रेसलाई मतदान गर्न अग्रह गरे।

घरदैलोका क्रममा आम मतदाताहरुले नेपाली काँग्रेसको ईतिहासको बारेमा चर्चा गर्दै नेपालको ईतिहासमा नेपाली काँग्रेसको पहिचान रहेको तर अन्य दलहरु नेपाली काँग्रेसलाई बद्नाम् गरी आफ्नो स्वार्थ पुरा गर्नमा लागेको तर तिनीहरुको स्वार्थ पुरा हुन नदिनका लागि एकजुट भई काँग्रेसलाई मत दिनका लागि आफुहरु तयार रहेको प्रतिकृया दिंदै काँग्रेस उम्मेदवार द्धय चौरसिया र तेलीका लागि घरदैलो समेत गरेका छन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका उम्मेद्वार राजेश्वर साह तेली तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ