arrow

लालबाबुलाई तर्साउन बम विष्फोट

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
Lalbabu-Pandit.jpg.jpeg

विराटनगर । मोरङमा मंगलबार बिहान ८:५० बजे सुतली बम पड्किएको छ । बूढीगंगा गाउँपालिकाको हात्तीमुढा–५ स्थित नहरमा अज्ञात व्यक्तिले बम पड्काएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त बम पड्किएको स्थानबाट करिब ५०० मिटर टाढाको गाउँमा क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित घरदैलो कार्यक्रममा व्यस्त थिए । उनलाई तर्साउने उद्देश्यले सो बम विष्फोट गराइएको प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ