कांग्रेस उम्मेदवार कार्कीलाई लक्षित गरी बम बिस्फोट
खेमराज दाहाल,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
182
Shares
उदयपुर । नेपाली कांग्रेस उदयपुरका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । प्रतिनिधिसभा निर्बाचन क्षेत्र १ अन्तर्गत प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीको घर नजिकको गोठमा बम विस्फोट गराइएको हो ।
त्रियुगा नगरपालिका-७ भान्टाबारीमा रहेको कार्कीको घरमा मंगलबार बिहान ३:२० बजे शक्तिशाली बम विस्फोट भएको थियो । बम बिस्फोट हुदा कार्कीको गोठमा भएका गाई र भैसी घाइते भएका छन ।
गाईको कान र भैंसीको जिउभरी बिस्फोट गराइएको बमको छर्राले लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । भट्टले घटनाको प्रकृति हेर्दा प्रेसर कुकर बम हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको बताए।
कांग्रसका उम्मेदवार कार्कीले आफूलाई मार्ने योजनाकासाथ घरमै बम राख्न आएको र राति बुबा उठेको देखेपछि गोठमा फालेर भागेको हुनसक्ने दावी गरेका छन्।
‘दिउँसो चौकतिर हिमाल कार्कीको घर कुन हो भन्दै अपरिचत दुई जना मान्छे आएका रहेछन्, स्थानीयले भोट माग्न आएका कार्यकर्ता ठानी घर देखाइ दिएको र लगतै एक महिला गएर बुबालाई सोधेर फर्किएको र सबै कुरा थाहा पाएपछि नियोजितरुपमा बम राखियो’ कार्कीले भने ।
यसअघि पनी जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–७ नेपालटारमा बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गर्दा प्रतिनिधिसभा क्षेत्र नं २ वामगठबन्धनका उमेदवार शुरेस राई (हिमाल) र सोही क्षेत्रको प्रदेश १ का उम्मेदवार नारायण बुर्जा मगरलाई लक्षित गरी वम विस्फोट गराइएको थियो ।