सयौं एमाले र माओवादी कार्यकर्ता काँग्रेसमा, भूमिहीनलाई लालपूर्जा दिने बुर्लाकोटीको वचन
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
418
Shares
मंसिर । चितवन क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसले बहुमत ल्याएपछि गठन हुने सरकारले लोथर चैनपुरका २० हजार भूमिहिन जनतालाई लालपुर्जा दिने विश्वास दिलाएका छन् ।
चुनावी अभियान अन्तरगत पूर्वी चितवनको गड्यौलीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
बुर्लाकोटीले सो क्षेत्रमा खानेपानी योजना, प्रसुती अस्पताल, बाल अस्पताल निर्माण गर्नुका साथै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक भएको बताए ।
बिभिन्न स्थानमा भएको कोणसभामा उक्त क्षेत्रमा सयौं एमाले तथा माओबादी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
उनीहरुलाई नेता बुर्लाकोटीले खादा र अबिर लागाएर स्वागत गरे । त्यसैगरी रा नपा २ कुपनटोलबाट मात्रै १ सय ५० भन्दा बढी काँग्रेसमा प्रवेश गरेका थिए ।