arrow

बारा २ का काँग्रेस उम्मेदवार यादव यसकारण जित्ने दावी गर्छन्

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
pic_of_radhechand_yadav.jpg

बारा । मंसिर २१ गते दोस्रो चरणमा गर्न लागिएको प्रतिनिधि र प्रदेश सभाको चिर्वाचनमा बारा २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार  रहेका काँग्रेसका केन्द्रिय सदस्य राधेचन्द यादवको जित निश्चिततर्फ अगाडि बढेको दावी गरिएको छ ।

नेपाली काँग्रेसका असन्तुष्ट कार्यकर्ताहरुलाई पुनः काँग्रेसमै फकाउन सफल भएका काँग्रेस उम्मेदवार यादवले कम्युनिष्ट गठबन्धन, फोरम राजपा गठबन्धनका गाउँ गाउँमा असन्तुष्ट बनेका कार्यकर्तालाई समेत काँग्रेसलाई नै भोट दिनको लागि मनाउन सफल हुँदै गएपछि जित निश्चित बनेको बताइएको छ ।

बर्षौंदेखि निर्वाचन क्षेत्र नम्बर २ का जनतालाई सेवा गरेकाहरुलाई फोरम राजपा गठबन्धनबाट प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको लागि टिकट नदिए पछि धेरै कार्याकर्ताहरु गठबन्धनसँग असन्तुष्ट बनेका छन् ।
प्रदेश सभा २ को (क) मा श्रद्धाशंकर साह कलवार र प्रतिनिधि सभा २ मा रामसहायक यादवलाई फोरम –राजपा गठबन्धनबाट टिकट दिएपछि टिकटका आकांक्षी रहेकाहरु पुर्व समानुपातिक सांसद आत्माराम साह, जितेन्द्र सिंह, पुर्व जिल्ला विकास सभापति प्रयागराय यादव लगाएत नेताका नजिकका कार्यकर्ताहरु अहिले असन्तुष्ट रहेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका फोरम महासचिव रामसहायक यादवको घर सो क्षेत्रमा नरहेको र उनको राजनितिक लगानी समेत २ नम्बरमा नरहेको गर्दा फोरम –राजपाका गाउँ गाउँमा रहेका स्थानीय कार्यकर्ताहरुले उनलाई सहयोग गर्न नसकिने अवस्था रहेको फोरम –राजपाका एक असन्तुष्ट नेताले बताए ।
प्रदेश सभा २ को (क) का उम्मेदवार बनेका फोरम राजपा गठबन्धनका श्रद्धाशंकर साह कलवारलाई दुई महिना पहिला भएको स्थानीय तहको निर्वाचनमा संघिय समाजवादी फोरमबाट महागढीमाई नगरपालिकको प्रमुखमा टिकट दिए पनि अहिले आएर पार्टीमा लगानी गरेकोहरुलाई टिकट नदिएर कलवारलाई नै  प्रदेश सभाको सदस्यको लागि टिकट दिंदा असन्तुष्टी बढेको बताइएको छ ।
फोरम राजपा गठबन्धनबाट प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुको लागि  पैसावाल र पहुचवाललाई टिकट दिएर इमान्दार कार्यकर्तामाथि अन्याय गरीएको भन्दै ती गठबन्धनका गाउँ गाउँका हजारौ कार्यकर्ताहरु काँग्रेसलाई नै भोट दिने अवस्थामा पुगेका छन् ।
कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधि सभा २  मा उम्मेदवार बनेका एमाओवादीका  नेता शिवचन्द्र कुशवाहासँग पनि असन्तुष्ट बनेकाहरुले उनलाई भोट नदिने अवस्थामा पुगेका छन् ।
कुश्वाहाले गाउँको मानिसहरुलाई दुःख दिनुको साथ साथै आफनै भाई संजय कुश्वाहाको हिस्साको जग्गासमेत नदिएको, पैसाको लागि जहिले पनि समाजित काम भन्दा व्यक्तिगत काम मात्रै गरेको छवी बनाएका कुश्वाहासँग असन्तुष्ट बनेकाहरुको भोट पनि काँग्रेस उम्मेदवार यादवतिर नै आउने भएको छ ।

यसरी मधेसी गठबन्धन र कम्युनिष्ट गठबन्धका असन्तुष्ट कार्यकर्ताहरुले काँग्रेस उम्मेदवार यादवलाई नै भोट दिने भए पछि काँग्रेसको जित सुनिश्चित भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ