प्रधानमन्त्री देउवासहित काँग्रेसका शीर्ष नेताहरु ५ नम्बर प्रदेशका तीन जिल्लामा
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
396
Shares
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितका काँग्रेसका शिर्ष नेताहरुको टोली मंगलबार रुपन्देही, कपिलबस्तु र दाङ जाँदैछ ।
तीन जिल्लाका चार ठाँउमा हुने सभालाई सम्वोधन गर्न गर्न प्रधानमन्त्री देउवा सहितको टोली जान लागेको हो ।
रुपन्देही क्षेत्र नम्बर ५ को सालझण्डीमा विहान १० वजेपछि आम सभा हुने भएको छ ।
सभालाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रिय निर्वाचन परिचालन कमिटिका संयोजक बालकृष्ण खाँण लगायतका केन्द्रिय नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसको मिडिया सेन्टर प्रदेश नम्बर ५ बुटवलले जनाएको छ ।
सभापति देउवा, बरिष्ठ नेता पौडेल मंगलबारै कपिलवस्तुको सदरमुकाम तौलिहवा तथा दाङको घोराही र तुल्सीपुरमा हुने सभामा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।