समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक : नेता रुँगटा
प्रकाशित २०७४ मंसिर ११ सोमबार
289
Shares
वीरगञ्ज । मुलुकलाई सही दिशा तिर डोर्याउन तथा हिमाल, पहाड र तराई सबैलाई एकसुत्रमा बाँध्नुपर्ने समसामयिक यथार्थलाई अग्र दिशामा लैजानुपर्ने दायित्व समग्र बुद्धिजिवीहरुको काँधमा आएको र सो को लागि नेपाली काँग्रेसको नेतृत्व नै अपरिहार्य भएको कुरामा पर्साका बुद्धिजिवीहरुले सोमबार एक कार्यक्रममा जोड दिएका छन् ।
प्रजातान्त्रिक प्राध्यापक सँघ पर्सा ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्जले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धिजिवीहरुले यस्तो बताएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रजातान्त्रिक प्राध्यापक सँघका पदाधिकारी लगायत उपस्थित सम्पुर्णले नेपाली काँग्रेसले नै मुलुकलाई निकास दिन सक्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काँग्रेस केन्द्रिय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बाम गठबन्धनले उब्जिन सक्ने एकतन्त्रात्मक तानाशाही व्यवस्थालाई चिर्न सक्ने हैसियत नेपाली काँग्रेससँग मात्र रहेकोले काँग्रेसलाई अझै बलियो बनाउनका लागि सम्पुर्ण बुद्धिजिवीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का लागि प्रतिनिधी सभा सदस्यपदका उम्मेदवार अनिल रुँगटाले वर्तमान अवस्थामा रहेको व्यापक बेरोजगारीको जरो उखेलेर मुलुकलाई समृद्ध बनाउनका लागि नेपाली काँग्रेसको नेतृत्व नै आवश्यक रहेको तथा त्यसैको कारण पनि मैले आफ्नो उम्मेदवारी दिएको बताए ।
उनले बामपन्थीहरुले जनतालाई भ्रममा पार्न जति ठुलो झुण्ड बनाएपनि आम जनता उनीहरुको चरित्र सँग पहिले देखि नै परिचित रहेकोले त्यो झुण्डले बाम समर्थन बढ्न नसक्ने ठोकुवा समेत गरे। साथै नेता रुँगटाले वाम गठबन्धन देश र मधेश दुवैको लागि खतराको सँकेतको रुपमा देखापरेकोले यसबाट सावधान रहन समेत सर्वसाधारणमा आग्रह गरे ।
कार्यक्रममा स्थानिय निकायको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका उम्मेद्वारहरु विरगञ्ज स्थित वीरगञ्ज महानगरपालिकाका उप–मेयर शान्ति कार्की लगायत वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट जितेका नेपाली काँग्रेसका प्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।
ठाकुर राम बहुमुखी क्यापसको प्राँगणमा सम्पन्न कार्यक्रमलाई नेपाली काँग्रेस पर्साका सभापति आजय द्धिवेदी, पर्सा क्षेत्र नम्बर १ का लागि नेपाली काँग्रेसका तर्फ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अनिल रुँगटा, पर्सा क्षेत्र नम्बर १को क का लागि प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी, पर्सा १ को ख का लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार विजय सर्राफ, पर्सा क्षेत्र नम्बर २का लागि प्रतिनिधी सभा सदस्यपदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका उम्मेदवार रामरुप कुर्मी तथा राजेश्वर साह, काँग्रेस नेताहरु श्याम पटेल, रोशन लामिछाने लगायतका नेताहरुले सम्बोधन गरे।