कांग्रेस उम्मेदवार न्यौपानेलाई लक्षीत गरि बम प्रहार
प्रकाशित २०७४ मंसिर ११ सोमबार
435
Shares
दाङ । दाङमा नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षीत गरि बम प्रहार भएको छ । प्रदेश सभा सदस्यका उम्मेदवार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरि बम विष्फोट भएको छ ।सोमवार दिउसो करिब ४ बजेको समयमा क्षेत्र नम्बर २ प्रदेश २ का उम्मेदवार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरि बम प्रहार भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटबाट सदरमुकाम फर्कने क्रममा न्यौपाने चढेको रा १ ज ६१२ नम्बरको गाडीलाई लक्षीत गरि संक्राममा बम प्रहार भएको न्यौपानेको छोरा प्रचण्डदेव न्यौपानेले जानकारी दिए ।
गाडी भन्दा केही दुरी अगाडी बम विष्फोट भएको थियो । बम प्रहारबाट कुनै क्षति भने नभएको बताईएको छ ।