पाल्पा । आफुलाई सच्चा लोकतन्त्रवादीबादीको दुहाही दिने नेकपा एमालेले आफ्नो सच्चा र असली स्वरुपको उजागर गरेको छ । कम्यूनिष्ट पार्टीका उर्वर भुमि भन्न मन पराउने नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उमेदवार सोम प्रसाद पाण्डेको गाउँ तानसेन ९ मदनपोखरामा उनीहरुको वास्तविकता उजागर भएको हो ।
आफुलाई वामपन्थी भन्न मन पराउने व्यवहार आचरण र स्वभाव सामन्तवादी भएका कारण एमाले भन्दा फरक मत राख्ने राजनैतिक दललाई निर्वाचन प्रचार प्रसारमा रोक लगाएका कारण एमाले कार्यकर्ताहरुको चरित्र उदाङ्गो भएको हो ।
घटना निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल महिला संघको केन्द्रिय सदस्य रमा पन्त र प्रदेश सभाका उमेदवार माधव नेपालको श्रीमती तथा नेपाल ट्रेड यूनियन कांग्रेसकी सदस्य माया नेपालको टोलीलाई प्रजातन्त्र र लोकतन्त्रको मुल्य र मान्यता विपरीत एमाले कार्यकर्ताले आफ्नो वास्तविक चरित्र प्रर्दशन गरेको पिडितहरुको भनाइ रहेको छ ।
पार्टीको कार्यकर्ता तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य रमा पन्तका अनुसार मुलुक २१ औ शताब्दीमा प्रवेश गर्यो तर मदनपोखरामा अहिले सम्म लोकतान्त्रिक गणतन्त्र आएको रहेनछ । अर्को पार्टीको विचारलाई सम्मान गर्न नचाहाने पार्टीले मदनपोखरामा हैकमवाद लादेको एमालेले महिलाहरु माथी अभद्र व्यवहार गरेको बताइन् ।